फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रनमिन विश्वविद्यालयमा फूटबल प्रतियोगितामा नेपाली विद्यार्थी सहभागी

(GMT+08:00) 2017-11-08 16:14:31

चीनको रनमिन विश्वविद्यालयले वर्षेनी आयोजना गर्ने गरेको फुटवल प्रतियोगिता अन्तर्गत यसपटक नेपाली विद्यार्थी सम्मिलित स्कूल अफ फाइनान्सले स्कूल अफ जर्नालिज्मलाई २ का विरूद्ध ५ गोलले पराजित गरेको छ।

मंगलबार विश्वविद्यालयको रंगशालामा भएको प्रतियोगितामा नेपालबाट सहभागी विद्यार्थी अविरल खत्रीले मस्ट भ्यालुएवल खेलाडीको उपाधि पनि जिते। कूल १४ वटा टिमको सहभागितामा लिगका आधारमा यो प्रतियोगिता संचालन गरिएको थियो। तीन महिनासम्म चलेको यस प्रतियोगितामा खत्रीले कूल ८ गोल गरेका थिए।

यसअघि गत वर्षको दौड प्रतियोगितामा उनले स्वर्ण पदक हात पारेका थिए। खत्री अहिले विश्वविद्यालयबाट इन्टरनेश्नल फाइनान्स एण्ड इकोनोमिक्समा मास्टर्स गरिरहेका छन्। उनले भनेः 'अन्तर्राष्ट्रिय तथा चिनियाँ विद्यार्थीहरूका माझ नेपालको परिचय दिन पाउँदा गौरवको अनुभव हुन्छ।'

चीनको प्रतिष्ठित जनविश्वविद्यालयले सन् १९९० देखि यो प्रतियोगिता सुरू गरेको हो। प्रतियोगितामा विभिन्न देशबाट आएका विद्यार्थीहरूले भाग लिने गरेका छन्।

नेपाली विद्यार्थीहरूले चिनियाँ विश्वविद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापका माध्यमबाट नेपालको पहिचान बढाउँदै लगेका छन्। यसै वर्ष चीनकै सबैभन्दा प्रतिष्ठित युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस् (युकास) बाट पिएचडी गर्ने १० उत्कृष्ट विदेशी विद्यार्थीमध्ये तीनजना नेपाली पनि थिए।

जानकारी तथा लेखहरु