फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा शौचालयको सुधार

(GMT+08:00) 2017-11-30 11:14:20

वाइफार्इ (तारहिन इन्टर्नेट कनेक्शन) भएको र ए.सी. समेत भएको आधुनिक सार्वजनिक शौचालय हालै चीनको शनयाङ शहरमा खोलिएको छ। ल्याउ नीङ प्रान्तीय शन याङ शहरमा अवस्थित लु स्युन बाल पार्कमा रहेको यस सार्वजनिक शौचालयमा मोबाइलफोन चार्ज गर्ने मेशिन जडान गरिएको छ साथै आफ्नो घरको बिजुलीको बिल तिर्नसकिने मेशिन पनि जडान गरिएको छ।

मानिसहरूले आफ्नो अनुहारलार्इ शौचालय कागज मेशिन अगाडि स्क्यान गरेपछि प्रतिदिन निःशुल्क रूपमा दुर्इ चोटी कागज लिन पाउँछन्।

चीनको ग्रामीण क्षेत्रमा सार्वजनिक शौचालय स्थापनाको दर सन् १९९३ को ७.५ प्रतिशतबाट सन् २०१६ मा ८०.३ प्रतिशतसम्म बढेको छ।

अखिल चीन देशप्रेम तथा स्वास्थ्य कार्यालयले चीनमा भइरहेको शौचालय सुधारलार्इ अघि बढाउँदै सन् २०३० अघिसम्म देशभरि वातावरण मैत्री शौचालयको व्यवस्था गर्ने लक्ष्य राखेको जनाएको छ।

यी फोटोहरू शन याङ शहरमा अवस्थित लु स्युन बाल पार्कको एक सार्वजनिक शौचालयमा खिचिएका हुन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु