फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा सीपीसी र विश्व राजनीतिक दलहरूबीचको वार्ता सम्मेलनलाई सम्वोधन

(GMT+08:00) 2017-12-02 15:14:57

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङले 1 तारिख पैचिङमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्व राजनीतिक दलहरूबीचको वार्ता सम्मेलनको उद्घाटन समारोहमा "हातमा हात मिलाउँदै अझ सुन्दर विश्वको निर्माण" विषयक महत्वपूर्ण सम्वोधन गर्नुभएको छ।

शुक्रवार दिउँसो सम्मेलन उद्धाटन गर्नुअघि राष्ट्राध्यक्ष सीले म्यान्मारकी राज्य सल्लाहकार आङ सान सुकी र कम्बोडिया जनपार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री साम्देच टेचो हुनसेनसँग बेग्ला-बेग्लै रुपमा भेट-वार्ता गर्नुभएको थियो।

सम्मेलनलाई सम्वोधन गर्दै उहाँले विश्वका जनताले " एउटै विश्व एउटै परिवार"को धारणा राखेर मानव भाग्य समुदाय निर्माणका लागि प्रयास गर्नुपर्ने कुरा बताउनुभयो।

उहाँले वर्तमान विश्वको ढाँचा परिवर्तित हुनुका साथै विकासको ढाँचा पनि परिवर्तित हुँदैआएको बताउँदै थप्नुभयोः-'मानव भाग्य समूदायका लागि शक्ति संकलन गर्न विभिन्न देशका पार्टीहरुले आपसी विश्वास,वैचारिक आदान-प्रदान र सहयोगलाई सबल पारेर नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा मतभेद थाती राखेर साझा धरातलको खोजी, आपसी सम्मान र सिकाइको नयाँ पार्टी सम्बन्ध निर्माण गर्नुका साथै बहुतरिका र बहुतहको अन्तर्राष्ट्रिय पार्टीगत आदान-प्रदान तथा सहयोग सञ्जाल निर्माण गर्नुपर्छ।'

आगामी पाँच वर्षमा सीपीसीले विभिन्न पार्टीलाई चीनमा वैचारिक आदान-प्रदान गर्न 15 हजार जनालाई मौका दिने भन्दै राष्ट्राध्यक्ष सीले व्यवस्थापकको रुपमा सीपीसी र विश्व राजनीतिक दलहरूबीचको वार्ता सम्मेलनको आयोजना गर्न सुझाव पनि दिनुभयो।

चार दिने सीपीसी र विश्व राजनीतिक दलहरूबीचको वार्ता सम्मेलनको मुख्य विषयवस्तु "मानव भाग्य समुदाय तथा सुन्दर विश्वको निर्माणः राजनैतिक दलहरुको जिम्मेवारी" भन्ने रहेको छ। लगभग १ सय २० देशका ३ सय राजनैतिक दल र संस्थाका करिब छ सय नेता गण उक्त सम्मेलनमा सहभागी भएका छन्।

जानकारी तथा लेखहरु