फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली भाषा अध्ययनरत चिनियाँ विद्यार्थीहरू र चिनियाँ विज्ञान सम्बन्धी नेपाली विद्वानबीच आदानप्रदान

(GMT+08:00) 2017-12-13 10:57:15

डिसेम्बर १२ तारिख चिनियाँ विज्ञान सम्बन्धी नेपाली विद्वान, नेपाल अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठ तथा पैचिङमा अवस्थित कम्यूनिकेशन युनिभर्सिटी अफ चाइना (सी.यु.सी.) मा नेपाली भाषा अध्ययनरत चिनियाँ विद्यार्थीहरूबीच एक अन्तर्क्रिया कार्यक्रम आयोजित भएको छ। कार्यक्रममा श्रेष्ठले आफूले प्रसिद्ध चिनियाँ उपन्यास 'पश्चिमतिरको यात्रा' आधारित टी.भी. श्रृंखला लगायत चिनियाँ साहित्य कृतिहरू अनुवाद गरेको अनुभव बाँडेका छन्।

२०औं शताब्दीको ६० दशकको शुरूमा सी.यु.सी.मा नेपाली भाषा कक्षा शुरू गरिनुका साथै तत्काल चीनमा वैदेशिक प्रसारण तथा आदानप्रदान क्षेत्रमा दक्ष व्यक्ति हुर्काएको थियो। केही वर्ष नेपाली भाषा कक्षा स्थगित भएपछि सन् २०००को अप्रिलमा यसै विश्वविद्यालयमा नेपाली भाषा कक्षा पुनः शुरू भएको थियो। हालसम्म यस विश्वविद्यालयबाट स्नातक उत्तीर्ण नेपाली भाषाका विद्यार्थीहरू चीनका विभिन्न मन्त्रालय, संचारमाध्यम, वैदेशिक आर्थिक तथा व्यापारिक क्षेत्रमा कार्यरत छन्। नेपाल अरनिको समाज सन् १९८१ मा स्थापित भएको हो। यस समाजका सदस्यहरू चीनका विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण नेपाली विद्यार्थीहरू हुन् जो नेपालमा विभिन्न क्षेत्रका विद्वान तथा विशेषज्ञको रूपमा समाजको सेवा गरिरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु