फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्यामारमा तिब्बती संस्कृति फोटा प्रदर्शनी

(GMT+08:00) 2017-12-18 18:56:15

तिब्बती संस्कृति फोटा प्रदर्शनी २०१७ हिजो डिसेम्बर १७ तारिख म्यान्मारको याङ्गोनस्थित शवेदागोन प्यागोडामा शुरू भएको छ। २ दिने सो प्रदर्शनीमा प्रसिद्ध चिनियाँ तथा विदेशी फोटोग्राफरहरूले खिचेका ६० वटा फोटाहरू छानिएको छ। ती फोटाहरूमा तिब्बतको सुन्दर प्राकृतिक दृश्य, रमणीय वातावरण र विविध जीवहरूलाई देखाइको छ।

चीनको राज्य परिषद प्रेस कार्यालयका प्रमुख चु हुँलीले सो प्रदर्शनीबाट म्यान्मारका सर्वसाधारणले एकीकृत चीनमा बहुजातीय अवस्थाबारे जानकारी लिन सकेकाले चीन-म्यान्मार बीचको सांस्कृतिक आदानप्रदानलाई गहन पार्ने विश्वास व्यक्त गर्नुभएको छ।

याङगोन शवेदागोन प्यागोडा व्यवस्थापन समितिका सदस्य उ तिङउले सो प्रदर्शनीमार्फत म्यान्मारका साधारणले तिब्बतमा चलिरहेको बौद्ध धर्म र संस्कृतिबारे अझ धेरै जानकारी लिने अवसर प्रदान गरेको विचार व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु