फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छङ्गतुमा छैटौँ चीन-दक्षिण एशिया अन्तर्राष्ट्रिय सांस्कृतिक गोष्ठी

(GMT+08:00) 2017-12-19 14:44:04

छैटौँ चीन-दक्षिण एशिया अन्तर्राष्ट्रिय सांस्कृतिक गोष्ठी चीनको सिचुवान प्रान्तको छङ्गतु शहरमा आयोजित भएको छ। सो अवसरमा चीन र दक्षिण एशियामा कुल जनसंख्या विश्वव्यापी जनसंख्यको चालीस प्रतिशत पुगेको, सांस्कृतिक तथा सांगितिक आदि क्षेत्रमा थुप्रै श्रोत भएको चीनका लागि नेपालका राजदूत लीलामाणि पौड्यालले बताउनुभएको छ। उहाँका अनुसार, सांस्कृतिक सम्बन्धसँग समाजलाई जोड्ने बलियो शक्ति हुनुका साथै मानवको बुझाइ महत्वपूर्ण मञ्च रहेको छ।

विभिन्न देशको सम्बन्धका लागि सांस्कृतिक आदान-प्रदानसँग महत्वपूर्ण अर्थ रहेको छ। चीन-दक्षिण एशिया अन्तर्राष्ट्रिय सांस्कृतिक गोष्ठी दुई पक्षबीच आदान-प्रदान हुने महत्वपूर्ण मञ्च बनेको छ। सांस्कृतिक तथा शैक्षिक आदान-प्रदानमार्फत चीन र दक्षिण एशियाली मुलुकबीचको दीर्घकालीन मैत्रिपूर्ण सम्बन्धको विकास गरिएको राजदूत पौडेलले व्यक्त गर्नुभएको छ।

सो गोष्ठी दुई दिन चल्नेछ। गोष्ठीमा चीन, पाकिस्तान, भारत, अफ्गानिस्तान र नेपाल आदि मुलुकका विद्बान र विशेषज्ञहरुले "चीन-दक्षिण एशिया मानव सांस्कृतिक आदान-प्रदान प्रणालीको निर्माण", "चीन-दक्षिण एशिया शिक्षा तथा प्रसार सहयोग", "चीन-दक्षिण एशिया सांस्कृतिक तथा धार्मिक आदान-प्रदान"लगायत विषयबारे छलफल गरेका छन्।

जानकारी तथा लेखहरु