फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीन-पाकिस्तान आर्थिक कोरिडोर दीर्घकालीन योजना" प्रकाशित

(GMT+08:00) 2017-12-19 14:10:10

"चीन-पाकिस्तान आर्थिक कोरिडोर दीर्घकालीन योजना" प्रकाशित समारोह हिजो डिसेम्बर 18 तारिख पाकिस्तानमा आयोजना भएको छ। पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङ, पाकिस्तानी योजना तथा विकास मन्त्री एवं गृहमन्त्री एहसान इख्बल र स्थानीय चिनियाँ व्यवसायका प्रतिनिधिलगायत लगभग तीन सय जना उक्त समारोहमा सहभागी हुनु भएको थियो।

मन्त्री इख्बलले सम्बोधन गर्दै लगभग चालीस वर्षको सुधार तथा खुलापनद्बारा हाल चीन विश्वमा दोस्रो ठूलो आर्थिक समूह बनेर मिलीजुली शक्ति धेरै बढेको कुरा बताउनुभयो। चीनको छिमेकी मुलुकको हैसियतमा पाकिस्तानले चीनबाट सक्रिय रुपमा अनुभव सिक्नुका साथै आर्थिक विकासमा नजर पुर्‍याएर चीनको विकासबाट फाइदा पाउनुपर्छ। आर्थिक कोरिडोरको सहयोगद्बारा पाकिस्तानको आर्थिक विकासले तिव्र गतिले लिगमा प्रवेश गरेर विभिन्न सामाजिक क्षेत्रमा स्पष्ट प्रगति हासिल गरेको छ।

समारोहमा राजदुत याउ चिङले कोरिडोरको निर्माणमा पाकिस्तान सरकार र जनताको समर्थनप्रति प्रशंसा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु