फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली दूतावासमा पूर्व राजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको 'हिमाल छिचोल्ने रेशममार्ग' पुस्तक विमोचित

(GMT+08:00) 2017-12-21 18:30:36

पैचिङ अवस्थित चीनका लागि नेपाली दूतावासमा बिहिबार नेपाल-चीन सांस्कृतिक सहकारिता सम्बन्धमा एक कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रम बीचमा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठको 'हिमाल छिचोल्ने रेशममार्ग' पुस्तकको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले संयुक्त रूपमा लोकार्पण गर्नुभएको छ।

पुस्तक विमोचनपछि पूर्व राजदूत श्रेष्ठले आफ्नो नवीनतम पुस्तक तथा चीन नेपालसम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो।

उक्त कार्यक्रम नेपाली दूतावास र चिनियाँ संस्कृति अनुवादन तथा अध्ययन सहयोग सञ्जालले संयुक्त रूपमा आयोजना गरेको हो।

जानकारी तथा लेखहरु