फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल सांस्कृतिक सम्बन्ध र विकास विषयक अन्तर्क्रिया

(GMT+08:00) 2017-12-21 18:37:41

पैचिङस्थित नेपाली राजदूताबास, चिनियाँ संस्कृति अनुवाद र अध्ययन तथा समर्थन नेटवर्क र चाइना रिडर्स क्लबको संयुक्त संयोजनमा सांस्कृतिक आदान-प्रदान तथा मैत्रीपूर्ण सभ्यता सिकाई विषयक अन्तर्क्रिया कार्यक्रम बिहीबार पैचिङमा आयोजित भयो।

सो अन्तर्क्रिया कार्यक्रमलाई तीन भागमा विभाजित गरिएको थियो: चिनियाँ र नेपाली राजदूतहरू बीच सांस्कृतिक सम्पर्क, समानता र भिन्नता, चिनियाँ र नेपाली विद्बानहरूबीच शास्त्रीय प्रयास र बौद्धिक बाँडफाँड तथा दुई देशका प्रकाशन क्षेत्रबीच प्रकाशन कार्यक्रम र जनस्तरीय हार्दिक सम्पर्क रहेका छन्।

आजको अन्तर्क्रिया कार्यक्रममा चीनको लागि नेपाली राजदूत लीलामणी पौडेल, रुसको लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ, नेपाली प्राध्यापक रमेक ढुङ्गेल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, चीन अध्ययन केन्द्रका सल्लाहकार वासुदेव ढकाल, नेपालका लागि पूर्व चिनियाँ राजदूत ली त प्याउ लगायतका अतिथिहरू र नेपाली सँस्कृतिप्रति चासो राखेका चिनियाँहरूले भाग लिएका थिए।


1  2  
जानकारी तथा लेखहरु