फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल 8.7 किलोमिटर व्यापारिक मार्गको अवलोकन

(GMT+08:00) 2017-12-26 09:39:16

चाङमु अर्थात् खासा तिब्बत स्वायत्त प्रदेशीय शिगाचे शहरको नेलामु जिल्लाको चीन-नेपाल सीमा क्षेत्रमा पर्छ। यो चीन र नेपाललाई जोड्ने महत्वपूर्ण व्यापारिक नाका पनि हो। सन् 2015 को अप्रिल पचीस तारिख नेपालमा गएको भयंकर विनाशकारी भूकम्पपछि उपत्यकामा पर्ने चाङमु टाउनमा पनि ठूलो क्षति भएको थियो। सबै स्थानीय सर्वसाधारणलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गरी हाल सेना मात्रै त्यहाँ रहेको छ। नेलामु सीमा चौकीदेखि चाङमु नाकासम्मको 8.7 किलोमिटर मार्ग मध्येका केही भाग भत्किएकोमा कतै कतै त यो अझै केही भागमा बाह्र मिटरसम्मको भासिएको र उठेको भाग देखिन्छ। हालै स्थानीय गस्ती सेना दलसँग पहिला पहिला व्यस्त तथा रमाइलो देखिने चीन-नेपाल व्यापारिक मार्गको केही पत्रकारहरूले अवलोकन गरेका छन्।

सैन्य गस्ती गाडी दलले नेलामु सीमा चौकीदेखि दुई सय मिटर चलाएपछि मात्रै दुई लेनको बाटो एक लेनको बन्दै गयो। लेफ्टिनेन्ट याङ तुङले भत्किएको भाग देखाएर हामीलाई भन्नुभयोः भूकम्प गएपछि वर्षा सिजनमा पानी परेर माटो खुकुलो भएर यस्तो अवस्था देखिएको हो, रोडबेड नरम छ, त्यसैले निकै खतरा छ।

बाटो भन्दा सात मिटरको क्षेत्रमा एउटा पाँच मिटर गहिरो भासिएको क्षेत्र छ त्यहाँ दुई तले गुलाबी रंगको नेपाली घर थियो तर बाटोसँगै त्यो पनि भत्कियो।

नेलामु सीमा चौकीबाट प्राप्त जानकारीका अनुसार, एक वर्षयता नेलामु टाउनमा लगभग पचीस पटक पराकम्पन गएको छ भने सबैभन्दा गम्भीर त 5.5 रेक्टर स्केलको छ। त्यसबाट सन् 2017मा मात्रै ठूलो सानो गरी पच्चीस पटकसम्म भत्किएको देखिन्छ।

सीमा चौकीको गार्ड दलका प्रमुख चाङ च स्युङले जानकारी दिएअनुसार, भूकम्प जानुअगावै मार्गका दायाँ बायाँ धेरै नेपाली व्यापारिक गाडि रोकिन्थे। साथै विदेशी पर्यटक, ट्याक्सी आदि आवत-जावत गर्दा निकै रमाइलो थियो। कहिलेकाहीँ गाडि जाम लाइन चाङमु नाकादेखि माथिल्लो पहाडसम्म छ सात किलोमिटरसम्म पुग्थ्यो।

हाल यो मार्ग पनि भत्किएको ढुङ्गोबाट अवरुद्ध भयो। अगाडि पाँच सय मिटर गएर मार्गको बीचमा एक कोठा बराबरको ढुङ्गो बसेको छ त्यसमा घाँस पनि जथाभावी रूपमा उम्रिएको छ। गस्ती गाडी दलले छेउमा पर्ने दश मिटर तल भत्किएको ठाउँबाट पार गर्नुपर्थ्यो। सो भिरालो कोण सत्तरी डिग्रीको छ र बाटोमा साना साना ढुङ्गाहरु पनि धेरै छन्। गाडि सुरक्षाको बन्दोवस्त गर्न केही सैनिक पहिला तल गए अनि गाडिलाई बाटो देखाएर इशारा गरे।

फेरि अरु दुई किलोमिटर अघि बढ्दा बाटो पूरै भत्किएकोले पार गर्न सकिएन। गस्ती दल वनको ट्रेलबाट पैदलद्वारा घुम्नुपर्छ। अग्लो घाँसले हात काट्छ, जंगलमा सर्प, विषालु कीरा, रगत चुस्ने जूका पनि धेरै हुन्छन्।

वन जंगल पार भएपछि हामी एउटा सानो चौकीमा पुग्यौँ। त्यहाँभन्दा सीमा चौकीसम्म अरु पाँच किलोमिटर मात्रै बाँकी दुरी छ। सेनाले अस्थायी चुलो बनाएर चाउचाउ पकाउन थाल्यो। यो उनीहरुको दिउँसोको खाना नै हो।

बाँकी बाटो च्याप्टो छ तर खतरा पनि धेरै छ। किनभने पहाडबाट ढुङ्गो कुनै पनि बेला खस्न सक्छ। चाङमु नाकाभन्दा एक किलोमिटर पुग्दा व्यापारिक घरमा पुग्यौँ। तर त्यहाँ झ्यालमा सिसा पनि छैन, बिलबोर्ड पनि बिग्रिएको छ। मलभित्र पनि धेरै अलमल देखिन्छ।

सेनाका अनुसार, पहिला त्यहाँ निकै रमाइलो व्यापारिक टाउन थियो तर हाल सुनसान भएको छ। तापनि सेनाले राष्ट्रको सीमा क्षेत्रको संरक्षण गर्ने कार्यलाई निरन्तरता दिइरन्छ।

जानकारी तथा लेखहरु