फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन्2050 सम्ममा चीन आर्थिक तथा व्यापारिक शक्तिशाली मुलुक बन्ने

(GMT+08:00) 2017-12-28 09:40:16

चीनको वाणिज्य मन्त्रालयद्वारा सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार सन्2017मा विदेशका लागि चीनको व्यापारिक वृद्धि पूर्वानुमानभन्दा बढी भएको छ। मालसामानको सबैभन्दा पछिल्लो वृद्धि दर वितेका छ वर्षमा सबैभन्दा बढी भएको देखिन्छ। चीनका वाणिज्य मन्त्री चौ शानले यसै डिसेम्बर 25 तारिख पैचिङ्गमा राष्ट्रिय वाणिज्य कार्यशालाको आयोजना गरेको छ। यस बैठकबाट थाहा भएअनुसार सन्2050सम्म चीनले चौतर्फी रुपमा आर्थिक तथा व्यापारिक शक्तिशाली मुलुक बन्ने लक्ष्य पूरा गर्ने छ। यस लक्ष्यका लागि चीनले उपभोग、व्यापार、विदेशी पूँजी आदि क्षेत्रमा नयाँ कदम लागू गर्ने भएको छ।

हाल चीनको भित्री उपभोग्य、विदेशका लागि व्यापार、द्वीपक्षीय लगानी सबै विश्वमा उत्कृष्ट स्थान लिएको छ। वाणिज्य मन्त्री चुङ्ग शानका अनुसार चीन प्रारम्भिक रुपमा आर्थिक तथा व्यापारिक ठूलो मुलुक बनेको छ। नयाँ युगमा चीनको नयाँ उद्देश्य छ:सन्2020अघि चीनको आर्थिक तथा व्यापारिक ठूलो मुलुकको स्थानलाई मजबुत बनाउने छ। सन्2035अघि आर्थिक तथा व्यापारिक शक्तिशाली मुलुकको आधारभूत रूपमा निर्माण गर्ने छ। र सन्2050अघि आर्थिक तथा व्यापारिक शक्तिशाली मुलुकको चौतर्फी निर्माण गर्ने छ।

चीनको सुधार तथा खुलापन भएदेखि यता विदेशका लागि चीनको व्यापारले ऐतिहासिक प्रगति हासिल गरेको छ। तापनि हाल वैदेशिक व्यापार ठूलो भएता पनि शक्तिशाली नभएको भन्ने समस्या स्पष्ट देखिन्छ। नविन शक्ति、निर्यात बस्तुको गुणस्तरलाई उकास्नुपर्छ। यसप्रति वाणिज्य मन्त्रालय वैदेशिक व्यापारका प्रमुख रुन हङ्ग पिनका अनुसार भाविष्यमा अन्तर्राष्ट्रिय बजार、भित्री बजार、बस्तुको प्रारुप、व्यापार संस्था、व्यापारिक शैली आदि क्षेत्रलाई सुव्यवस्थित बनाउने भएको छ। खास कदममा विदेशी व्यापारको नयाँ औद्योगिक अवस्थाको निर्माण गर्नु、अन्तर्राष्ट्रिय ई-वाणिज्यको मिलिजुली परिक्षण क्षेत्रलाई विस्तार गर्नु、प्रशोधन व्यापारको नवीन विकासलाई प्रवर्द्धन गर्नु、सक्रिय आयात नियम लागू गर्नु आदि समेटिएको छ।

सम्बन्धित तथ्याङ्कअनुसार सन्2017को अघिल्ला 11महिनामा चीनको मालसामान व्यापारको कूल रकम 250खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 9.9प्रतिशतले बढेको छ। यो वृद्धि दर वितेका छ वर्षमा नयाँ उच्च रेकर्ड सिर्जना गरेको छ। यसप्रति वाणिज्य मन्त्रीका अनुसार जटिल अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिमा आधारित भइ विदेशी व्यापारको यस्तो उपलब्धि पाउन सजिलो छैन।

आउने वर्षमा विदेशी व्यापारको यस राम्रो प्रवृत्तिलाई कसरी कायम राख्ने छ त?व्यापार संरक्षणवाद、एन्टी-वैश्वीकरण विचारधारा、कोरियाली प्रायद्बीप आणविक समस्या आदि कारकले आउने वर्षमा विश्व अर्थतन्त्रमा निरन्तर रुपमा प्रभाव पार्ने छ। तरपनि क्षमता उकासिँदै गएको चिनियाँ विदेशी व्यापार उद्यमहरू र विदेशी व्यापारलाई प्रवर्द्धन गर्ने कदमबाट देखिएको उल्लेखनीय उपलब्धि आदि क्षेत्रबाट हेर्दा चीनको भावी वर्षको विदेशी व्यापार आशावादी देखिने भएको छ।

जानकारी तथा लेखहरु