फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल सीमा क्षेत्रमा सोह्र वर्षअघिदेखि व्यापार गर्दैआएका नेपाली वाङच्येको कथा

(GMT+08:00) 2018-01-02 09:30:05

वाङ च्ये नेपाली नै हुन्। तर चीनमा बस्दैआएको सोह्र वर्ष भइसकेकोले उनले आफूलाई चिनियाँ नाम दिएका छन्। त्यो नाम वाङ च्ये हो। उनको पसलभित्र पस्दा स्टोभमा फैलिएको बाफले कोठालाई न्यानो बनाएको छ। भित्तामा राखिएको टेलिभिजनमा चिनियाँ टीभी शृंखला प्रसारण हुँदैछ। फु लान जिल्लामा घुम्न आएका पर्यटकहरू पसलमा तिब्बती शैलिको काठे कचौरा, तामाको बुद्ध मूर्ति, सजावटका सामान आदि छान्दैछन्।

फु लान जिल्ला तिब्बत स्वायत्त प्रदेशीय आलि क्षेत्रमा पर्दछ। दक्षिण-पश्चिममा भारतसँग अनि दक्षिणमा नेपालसँग जोडिएको छ। सो जिल्लाभित्रको सीमा व्यापार बजारको पाँच सयभन्दा लामो इतिहास छ। सन् 1954 मा फु लान नाका औपचारिक रुपमा खुला भएको थियो र सन् 2015 देखि चीनको राज्य परिषदद्वारा सीमा क्षेत्रको राष्ट्रिय स्तरीय राजमार्ग नाकाको रुपमा राखिएको थियो।

1  2  3  4  
जानकारी तथा लेखहरु