फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नान चिनमा 'भाग्यवान कुकुर' नामक पुरातात्विक वस्तु प्रदर्शनी

(GMT+08:00) 2018-01-08 10:39:41

चिनियाँ परम्परागत पात्रो अनुसार, सन् २०१८ को फेब्रअरी १६ तारिखदेखि नयाँ चिनियाँ वर्ष उ स्यु वर्ष शुरू हुँदैछ र यस वर्ष कुकुर वर्ष हो। हाल चीनको च्याङ सु प्रान्तीय नान चिन सङ्ग्रहालयमा कुकुर वर्षको स्वागत गर्न 'भाग्यवान कुकुर' नामक पुरातात्विक वस्तु प्रदर्शनी आयोजना भैरहेको छ। यस प्रदर्शनीमा चीनको इतिहासको विभिन्न वंशकालका कुकुर सम्बन्धि सय वटा पुरातात्विक वस्तु लगायत कुकुर सम्बन्धि संस्कृति तथा कलाबारे जानकारी राखिएको छ।

५६ किसिमका जाति भएको चीनमा धेरै जसो जातिय संस्कृतिमा कुकुर सम्बन्धि संस्कृति पनि पाइन्छ। जस्तै भनौं, हानी अल्पसंख्यक जातिको किम्वदन्तीमा देवताकी छोरीले अन्नबालीलाई लोकमाझ ल्याएर कुकुर स्वरूप बनेको भनाइ छ भने हान जातिमाझ कुकुरलाई वायु देवता मानिन्छ। साथै चीनका ३ वटा प्रायद्वीपमध्येको एक चीनको सबैभन्दा दक्षिणी भागमा पर्ने लै चौ प्रायद्वीपमा जताततै ढुँगे कुकुर भेटिन्छ र चाडपर्वमा कुकुरको पूजा गर्ने चलन पनि छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु