चीनको ह नान प्रान्तको सोङ शान पहाड तल अवस्थित शाउ लीन मन्दिर सन् ४९५ मा निर्माण गरिएको हो र यस मन्दिरमा चिनियाँ बौद्ध धर्म संस्थापक महागुरूहरू बस्नुका साथै बौद्ध धर्मका ज्ञान प्रसारप्रचार गरेका थिए। सन् ५२७ मा शाक्यमुनीको २८औं पुस्ताका चेला बोद्धीधर्मले पनि यसै मन्दिर पुगेर बौद्ध धर्मका ज्ञान तथा उपदेश दिएका थिए। यसका साथै यस मन्दिर चिनियाँ कुङफु प्रणालीको सबैभन्दा ठूलो शाखा—शाउ लीन कुङफुको उद्गम स्थल पनि हो। बितेका केही दिनयता लगातार पर्दै आएको हिउँले शाउ लीन मन्दिरलाई सेतो लुगा लगाइ दिएको छ। मन्दिरका सशस्त्र भिक्षुहरूले हिउँमा कुङफुको अभ्यास गरेका छन्।
1 2 3 4 5 6 7 8