फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच पैचिङमा भेटवार्ता

(GMT+08:00) 2018-01-09 17:38:15

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आठ तारिख त्याउ यु थाइ राष्ट्रिय अतिथि गृहमा चीनको राजकीय भ्रमणमा रहनुभएका फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोनसँग भेटघाट गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले नयाँ युगमा इतिहासका लागि दायित्व वहन गर्ने भावनालाई निरन्तर रुपमा कायम राख्ने, सही बाटो हिँड्ने तथा चीन र फ्रान्सबीचको सम्बन्ध अझै सुन्दर भविष्यतर्फ लम्कने कुरा बताउनुभयो।

दुई मुलुकका राष्ट्रनायकहरूले मैत्रीपूर्ण वातावरणमा गहिरो रुपमा भेटवार्ता गर्नुभयो। सीले चीन र फ्रान्स प्रशस्त ऐतिहासिक सँस्कृति रहेका मुलुक भएको बताउँदै नववर्षको शुरुमा राष्ट्रपति म्याक्रोनले पहिलो पटक एशियाको भ्रमण गर्नुभएको र चीन आउनुभएबाट म्याक्रोनले चीन र फ्रान्सबीचको सम्बन्धलाई महत्व दिएको ठहर्ने पनि सीले उल्लेख गर्नुभयो।

सीले चीनले फ्रान्ससँग विभिन्न क्षेत्रको सहयोगलाई अगाडि बढाउने, "बेल्ट एण्ड रोड"प्रारुपको सहयोगलाई अघि बढाउने कुरा व्यक्त गर्नुका साथै चीनले फ्रान्ससँग अन्तर्राष्ट्रिय समस्यामा सम्पर्क र सहयोगलाई बढाउँदै जाने आशा लिएको बताउनुभयो।

प्रत्युत्तरमा म्याक्रोनले चीनको राजकीय भ्रमण गरेकोमा खुशी लागेको बताउनुभयो। उहाँले यस पटकको भ्रमणमार्फत् राष्ट्राध्यक्ष सीसँग फ्रान्स र चीनको सम्बन्ध र अन्तर्राष्ट्रिय समस्याबारे वैचारिक आदान-प्रदान गर्ने आशा व्यक्त गर्नुभयो। साथै उहाँले "बेल्ट एण्ड रोड" प्रस्ताव निकै महत्वपूर्ण भएको र फ्रान्स यसमा सक्रियताका साथ संलग्न हुने मनसाय लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु