फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती धूपको राष्ट्रिय मापदण्ड निश्चित हुँदै

(GMT+08:00) 2018-01-10 10:59:47

तिब्बतको ल्हासा शहरको नीमु जिल्लामा उत्पादित तिब्बती धूपलार्इ तिब्बतमा १ नंको तिब्बती धूप मानिन्छ। १३०० वर्षअघि तिब्बती राजा स्रङचङ्ग गम्पोका ७ जना निष्ठावान् मन्त्रीमध्येका एक एवम् तिब्बती लिपि सर्जक टोमी साङम्बोले भारतीय धूप निर्माण प्रविधिको सुधार गर्दै तिब्बती धूपको अविष्कार गरेका थिए।

सर्वप्रथम काठका टुक्रालार्इ पानीमा घोलि लेदोजस्तो बनाइन्छ र केशरी, ल्वाङ तथा चन्दन लगायत १९ देखि २५ किसिमका विभिन्न मसला र जडीबुटी मिसाएर नीमु तिब्बती धूप बनाइन्छ।

हालै ल्हासाको प्रान्तीय सरकारले तिब्बती धूपको राष्ट्रिय मापदण्डको तर्जुमा गरि राष्ट्रिय मापदण्ड व्यवस्थापन समितिमा पठाएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु