गत शताब्दीको ९० को दशकमा जन्मेका चीनको छोङछीङबासी याङ याङले बाल्यकालदेखि नै साइकलप्रति ठूलो चाख राख्दै आएका छन्। त्यही भएर उनले विश्वविद्यालयबाट स्नातक भएपछि आफ्नो डिजाइन र उत्पादनमा बनाएको 'ड्रीमर' नामक साइकल सार्वजनिक गरे। उक्त 'ड्रीमर' को मुख्य भाग ब्राजिलमा पाइने सिसौ रूखको काठबाट बनाइएको हो र यस्तो सामग्रीबाट बनाइएको यस साइकलको बजार मूल्य एउटा सामान्य स्टिल साइकलको आधा रहेको छ। उनको यस साइकल छोटो समयका लागि प्रयोग गर्न उपयुक्त देखिन्छ।
सन् २०१७ मा याङ याङले डिजाइन गरेको उक्त 'ड्रीमर' साइकलले जर्मनीको रेड डोट पुरस्कार अन्तर्गत 'चीनको राम्रो डिजाइन' पुरस्कार प्राप्त गरेको थियो।
1 2 3