फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# भारतीयद्वारा भारतमा खोलिएको चिनियाँ खाना रेस्टुरेण्ट

(GMT+08:00) 2018-01-12 09:42:22
 

रेशमी मार्ग नामक रेस्टुरेण्टको चिनियाँ विशेषता भएका कारण भारतीय पर्यटकीय गाइडले चिनियाँ पर्यटकलाई सिफारिस गरिएको चिनियाँ रेस्टुरेण्ट बनेको छ। त्यहाँ खाना चाखेपछि पाहुनाहरूले त्यहाँको खानाको प्रशंसा गरे। उनीहरू भन्छन् "मिठो छ। मिठो छ। तर मासु खाना धेरै छ। किनभने चीनमा बेलुकी त्यति धेरै मासु खाना खान सकिँदैन।" "भारतमा यहाँ खाएको खाना सबैभन्दा मिठो छ।" "मिठो छ। निकै मिठो छ। मेरी आमाले पकाएको खानाभन्दा मिठो छ।"

सन् 2005 तत्कालीन चीनका प्रधानमन्त्री वन च्या पाउले भारतको भ्रमण गर्नुभएको थियो। त्यस अवधिमा प्रधानमन्त्री वन च्या पाउले सर्वेशसँग भेटघाट गर्नुभएको थियो। वन च्या पाउले सर्वेशसँग भन्नुभयो, चीन र भारतको सम्बन्ध अझै राम्रो बन्ने छ। सर्वेश भन्नुहुन्छ "सन् 2004 भारतमा चिनियाँ भाषा बोल्नसक्ने व्यक्तिहरूको संख्या तीनदेखि पैंतीस बराबर थियो। हालसम्म कम्तीमा पाँच सय जनाले चिनियाँ भाषा बोल्नसक्छन्। दुई मुलुकको सम्बन्ध क्रमशःराम्रो बन्दैछ। व्यापारबाट हेर्दा हाल भारतले चीनबाट धेरै सामान आयात गरेको छ। साथै अझै धेरै चिनियाँ उद्योग-व्यवसायहरू चीन पुगेका छन्। त्यसैले मेरो विचारमा एक राम्रो चिनियाँ खाना रेस्टुरेण्ट खोल्न निकै आवश्यक छ।"

1  2  3  4  5  
जानकारी तथा लेखहरु