फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौं एशिया वित्तीय मञ्च सुरु

(GMT+08:00) 2018-01-18 09:41:53

एघारौं एशियाली वित्तीय मञ्च यसै जनवरी पन्ध्र तारिख हङकङमा सुरु भएको छ। अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रबाट आएका एक सयभन्दा बढी महत्वपूर्ण पदाधिकारीहरू、लगानीकर्ताहरू लगायतले यस मञ्चमा वर्तमान एशिया लगायत विश्वको आर्थिक परिस्थिति बारे छलफल गर्दै नयाँ वर्षको लगानीको बन्दोबस्ती तथा योजना प्रस्तुत गरेका छन्।

यस मञ्चले"वृद्धिको नेतृत्वमा नवीनताको सिर्जना" विषयक मुख्य विषय अघि सारेको छ। हङकङ विशेष प्रशासनिक क्षेत्रका महाप्रशासक ली चङ्ग य्वेअले यस मञ्चको उद्घाटन समारोहमा बताउनुभएअनुसार सारा विश्व अर्थतन्त्र विकसित भैरहेको प्रवृत्तिमा एशिया सबैभन्दा ठूलो संचिति शक्ति बोकेको स्थल बनेको छ। एशियाली अर्थतन्त्रको वृद्धि वितेका केही दशकमा विश्वका धेरै मुलुक तथा क्षेत्रभन्दा बढी भएको देखिन्छ। साथै उहाँले जोड दिनुभएअनुसार चीनको मुख्यभूमिको अर्थतन्त्र द्रूत गतिले विकसित भइरहेको छ। सारा विश्वका विभिन्न मुलुक र क्षेत्रका लगानीकर्ता र व्यवसायीले आफ्नो नजर चीनप्रति सोझ्याएका छन्। साथै मुख्यभूमिको अ‌र्थतन्त्र र केन्द्रीय सरकारको नयाँ आर्थिक नियमबाट लाभान्वित भएको हङकङले अर्थतन्त्रको दिगो विकासलाई व्यवहारमा उतार्नसक्ने विश्वास लिएको छ। यसप्रति महाप्रबन्धक लिनले भन्नुभयो:विश्वमा सबैभन्दा महत्वपूर्ण आर्थिक समूहमध्ये एकको रुपमा चीनले अर्थतन्त्रको स्थिर वृद्धि दरलाई निरन्तर कायम राख्दै गएको छ। सन्2017का अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ उत्पादन मात्राको वृद्धि दर 6.9प्रतिशत बराबर छ। विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन भएपछि केन्द्रीय समितिका महासचिव सी चिन फिङको निर्देशनमा "नवीनता、समन्वय、हरियाली、खुलापन、संयुक्त उपभोग" भन्ने विचारधारामा जोड दिइएको छ। जसबाट अर्थतन्त्रको दिगो विकासका लागि पूर्वाधार सिर्जना गर्ने भएको छ। एक देश दुई व्यवस्था नीति तथा निर्देशनमा हङकङ र मुख्यभूमिबीचको सम्पर्क पहिलेभन्दा झन झन बढी घनिष्ट बन्ने छ।

विश्वको दोस्रो ठूलो आर्थिक समूहको रुपमा चीनको वित्तीय तथा आर्थिक नीति महत्वपूर्ण भावार्थ सिर्जना गरेको देखिन्छ। यस मञ्चमा चीन सेक्यूरिटी नियामक आयोगका उपाध्यक्ष च्याङ याङ्गले जोड दिनुभएअनुसार चीनको अर्थतन्त्र उच्च गतिले बढेबाट उच्च गुणस्तरको विकाससम्म परिवर्तन भएको छ। यो परिवर्तन नयाँ युगमा चीनको अर्थतन्त्रका लागि एक महत्वपूर्ण बन्दोबस्त रणनीति हो। यसप्रति उपाध्यक्ष च्याङले हाल केही वर्षयता चीनको वित्तीय उद्योगको विकासलाई सारांश गर्नुका साथै भावी विकास सम्बन्धमा इच्छा व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो:हाल केही वर्षयता बहु-स्तरीय बजारमूलक प्रणालीको निर्माणका साथमा आधारभूत संयन्त्रलाई लगातार सुधार गर्दै कानूनबमोजिम निगरानी तथा व्यवस्थापनको चौतर्फी प्रवर्द्धन गर्दै आएको छ। जसबाट चीनको पूँजी बजारमा वास्तविक अर्थतन्त्रका लागि प्रदान गरिने सेवायुक्त क्षमता उकासिएको छ। चीनले उच्च गुणस्तरको विकास भन्ने आधारभूत मागबमोजिम आपूर्ति-क्षेत्रको सुधारमा जोड दिँदै पूँजी बजारद्वारा वास्तविक अर्थतन्त्रको सेवा क्षमतालाई लगातार उकास्दै जाने छ।

जानकारी तथा लेखहरु