फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मौरीपालनबाट समग्र गाउँ नै गरीबीबाट मुक्त

(GMT+08:00) 2018-01-23 09:32:18

छोङ छिङ नगरपालिकाको स्यौ शान जिल्लाको लुङ छि बस्तीमा मौरीपालन गर्ने एक किसान परिवार बस्छन्। उक्त परिवारका अगुवा अर्थात् बुबा पाई थ्येन शुले चालीस वर्षदेखि मौरापालन गर्दैआएका छन्। हाल छोरा पाई मैइले इन्टर्नेटको प्रयोगबाट महको उत्पादित-वस्तुको प्रचार-प्रसारका साथै बिक्री गर्दैआएका छन्।

सन् 2010 सेप्टेम्बर महिनामा पाई थ्येन शु र उनका छोरा पाई मैइले वरिपरिका तेह्र गाउँका 755 जना किसानसँग मिलेर "स्यौ शान जिल्लाको मौरीपालन सहकारी"को स्थापना गरेका थिए। सन् 2017 मा पाई थ्येन शुले 166 जना गरीब परिवारको नेतृत्व गर्दै मौरी पालनबाट 75 टनको मह उत्पादन गरेका छन्। जसबाट महको उत्पादित मात्रा 90 लाख चिनियाँ युआन पुगेको छ। किसानको आमदानीमा औसतमा पचास हजार चिनियाँ युआनको वृद्धि भएको छ। यी बुबा र छोराले गरीब वासिन्दालाई गरीबीबाट मुक्त गर्न नेतृत्वदायी भूमिका खेलेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु