फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा वसन्त चाड समारोहको आयोजना

(GMT+08:00) 2018-01-27 14:27:06

पोखरामा चिनियाँ नयाँ वर्ष वसन्त चाड सम्बन्धी कार्यक्रमको अयोजना गरिएको छ। जनवरी 26 तारिख बेलुका पोखरामा भएको कार्यक्रममा पोखरामा बसोबासरत चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशी परिषद्को अयोजनामा गरिएको यो कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङ र पोखराका मेयर मानबहादुर जी. सी लगायत 400 भन्दा बढी चिनियाँ, नेपाली तथा अन्य देशबाट आएका सहभागीहरूले भेला भएर चिनियाँ नयाँ वर्षको स्वागत गरेका छन्।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालमा बसोबास गर्ने चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशी, चीनको विकास तथा चीन-नेपाल सम्बन्धमा महत्व दिने नेपाली तथा अन्य विदेशीहरूप्रति वसन्त चाडको शुभकामना प्रकट गर्नुभयो।

पोखराका मेयर मानबहादुर जी. सीले नेपालको विकासका लागि चीनले प्रदान गरेको सहयोग तथा समर्थनका लागि धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा चीनको सछवान प्रान्तका कलाकार तथा पोखरामा बस्ने चिनियाँ तथा नेपाली प्रतिनिधिहरूले संयुक्त रूपमा मनोरञ्जनात्मक कार्यक्रम देखाएका थिए। पोखरा चेम्बर अफ कर्मस् तथा इन्डस्ट्रिजका अध्यक्ष विश्व शंकर पालिखेले सिआरआईलाई दिनुभएको जानकारी अनुसार पोखरामा वसन्त चाडको मनोरञ्जनात्मक कार्यक्रम गरिएको यो दोस्रो अवसर हो। यसबाट यहाँ बसोबास गर्ने नेपाली र चिनियाँहरूबीचको मित्रता अझै बलियो भएको छ।

जानकारी तथा लेखहरु