फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको रसुवागढीमा चीनले सुक्खा बन्दरगाह बनाइदिने

(GMT+08:00) 2018-01-31 15:16:38

चीनसँगको व्यापार सहजीकरणका लागि रसुवाको टिमुरेमा अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह निर्माण हुने निश्चित भएको छ। गत साता दुवै मुलुकका अधिकारीबीच बन्दरगाहको विस्तृत डिजाइनमा हस्ताक्षर भएपछि निर्माण सुनिश्चत भएको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेतले फाइनल डिजाइनपत्र स्वीकृतसँगै बन्दरगाहको निर्माण प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। चीनले बढीमा तीन महिनामा लागत इस्टमेट तयार हुने जानकारी दिएको छ। विस्तृत डिजाइन तीन महिनामा पूरा गरेर त्यसको एक महिनामा निर्माण कम्पनीको छनोट गरिने जानकारी बस्नेतले दिनुभयो। चीनले २०१४ मा बन्दरगाह बनाउन प्ररम्भिक सहमति जनाएको थियो। भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आएको छ। जनवरी १५ अर्थात् गत १ गते चीनको छेन्दु भएको पछिल्लो सम्झौतामा मुलुकका दुवै अधिकारीबीच हस्तान्तरण गरेका थिए। नेपालको तर्फबाट बस्नेतले हस्ताक्षर गरेका थिए। गुरु योजनामा भने २०१५ बन्दरगाह ८ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ। बन्दरगाहको डिजाइन, इस्टमेट, लगानी तथा निर्माण सबै चीनले नै गर्नेछ।

संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३ हेक्टर जमिन अधिग्रहण गरिसकिएको छ। बन्दरगाहमा एउटा मुख्य भवन हुनेछ। त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालयहरू रहनेछन्। बन्दरगाहमा ३ सय १५ भन्दा बढी कन्टेनरहरू पार्किङ गर्न सक्ने क्षमता हुनेछ। ७ सय ५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुनेछ। सामान जाँच टर्मिनल, चेकपोस्टलगायतका आधारभूत संरचना निर्माण हुनेछ। चीनलेले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गरिरहेको छ। चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी ४ सय ५० किमि छ।

चीनले सन् २०२० सम्म केरुङलाई रेल सञ्जालमा जोड्ने लक्ष्य राखेको छ। पछिल्लो समय चीनसँग स्थल मार्गबाट हुँदै आएको प्रमुख व्यापार यही नाका भएकाले यसको व्यावसायिक महत्त्व बढदै गएको छ। रेलबाट ल्याएको सामानलाई सीधै ट्रकमा लोड गरी सुख्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुने बस्नेतले बताए। यो रसुवागढीबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै भारत जोड्ने सबैभन्दा छोटो रुटको सडक हुनेछ।

जानकारी तथा लेखहरु