फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डद्वारा चिनियाँ  वसन्त चाडलाई शुभकामना 

(GMT+08:00) 2018-01-31 18:26:19

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले हिजो जनवरी 30 तारिख दिउँसो मुख्यालयमा नेपाल-चीन संस्कृति केन्द्रका प्रमुख यिन खुन सुङ्गसँग भेट-वार्ता गर्नुभएको छ। साथै उहाँले सी.आर.आई.लाई दिनुभएको विशेष अन्तर्वार्तामा चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना दिनुभएको छ।

शुभकामनाका क्रममा प्रचण्डले भन्नुभयो 'आउँदै गरेको चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा म नेपाली जनताको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट चीनका राष्ट्राध्यक्ष सी चिन फिङ, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनतालाई हार्दिक बधाइ र शुभकामना व्यक्त गर्दछु। आउने नयाँ वर्ष चीनका लागि चीनका लागि शुभ रहोस्, राम्रो रहोस्, शान्ति र प्रगतिको बाटोमा अगाडि बढिरहेको चीनले अझै द्रुत गतिमा अगाडि बढोस्। विश्वशान्तिका लागि मानव जातिको समृद्धिका लागि चीनले जुन योगदा गरिरहेको छ त्यो अझै बढेर जावोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।'

प्रचण्डले नेपाल र चीनका जनताबीच साँस्कृतिक आदान-प्रदानलाई सबल पार्ने क्षेत्रमा नेपाल-चीन सँस्कृति केन्द्र र सी.आर.आई.को प्रयासमाथि पनि सक्रिय मूल्याङ्कन गर्नुभएको छ।

1  2  3  
जानकारी तथा लेखहरु