फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा चिनियाँ नयाँ वर्षको स्वागत

(GMT+08:00) 2018-02-03 19:41:41

नेपाल चीन युवा मैत्री संघ र सीआरआईले संयुक्त रुपमा शनिबार काठमाडौँमा चिनियाँ नयाँ वर्षका अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रममा नेपालका लागि चिनियाँ दूताबासका सांस्कृतिक विभागका प्रमुख छेतेन पाइमु,टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र लोकसेवा आयोगका सहसचिव सूर्य कोइराला लगायतका एक सयभन्दा बढी व्यक्तिको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ दूताबासको संस्कृति विभागका प्रमुख छेतेनले भन्नुभयो 'यो नयाँ वर्षको शुरूआत हो र बसन्त ऋतुको पनि। चीनमा बसन्त आउनेबित्तिकै मानिसहरू खेतीबाली वा आ-आफ्नो क्षेत्रमा व्यस्त हुन्छन्। आशाको बीउ रोपेर आउने वर्ष सफल होस् भन्ने कामना गर्ने गर्छन्। म सबै नेपालीहरुलाई चिनियाँ नयाँ वर्षको शुभकामना व्यक्त गर्दछु।'

यसैगरी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नेपालको विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो। लोकसेवा आयोगका सहसचिव कोइरालले चिनियाँ भाषाको महत्वमाथि प्रकाश पार्नु भएको थियो।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु