फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुट्टा नभएका चिनियाँ वृद्धको सगरमाथा आरोहणको सपना

(GMT+08:00) 2018-02-09 10:07:12

"सगरमाथाको आरोहण नै मेरो सपना हो। यो सपना पूरा गर्नका लागि म सधैं प्रयासरत छु।"यो चिनियाँ वृद्ध स्या बो युको भनाइ हो। २४ वर्षको उमेरमा आफ्नो पहिलो पर्वतारोहणको क्रममा खुट्टा गुमाएदेखि हालसम्म चालिस वर्षभित्रमा वृद्ध स्याले सगरमाथाको आरोहणका लागि चार पटक प्रयास गरेका छन् तर सगरमाथाको सफल आरोहण गर्न सकेका छैनन्। सन् २०१५ को अप्रिलमा नेपालमा भूकम्प गएबाट उनको तेस्रो प्रयास सफल हुनसकेन। त्यसै गरी सन् २०१६ मा चौथो प्रयासमा उनी समुद्री सतहदेखि ८७५० मिटरमाथिसम्म पुगेका थिए तर भयंकर हिमपातका कारण अघि बढ्न सकेन मात्र सगरमाथाको शिखरभन्दा ९४ मिटर तलबाट फर्कन बाध्य भएका थिए।

हाल वृद्ध स्याले निरन्तर दैनिक तीस किलोमिटर लम्बाइको पर्वतारोहण तालिम लिँदै छन् र सगरमाथाको सफल आरोहण गर्ने प्रयासमा छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु