फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा सांस्कृतिक कार्यक्रम

(GMT+08:00) 2018-02-09 15:34:50

चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको उपलक्ष्यमा काठमाडौंस्थित नेपाल-चाइना ट्रेड एण्ड इण्डस्ट्रियल एशोसियन र वर्ल्ड कल्चरनेटको आयोजनामा भव्य साँस्कृतिक कार्यक्रम गरिएको छ।

कार्यक्रममा चीनको युन्नान प्रान्तबाट गएका कलाकार र नेपाली कलाकारहरूले संयुक्त रूपमा प्रस्तुती देखाएका थिए।

८ तारिख साँझ भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल सहित विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल चीन सम्बन्धमा चासो राख्ने शुभेच्छुकहरू लगायत ३ सय भन्दा बढी सहभागिहरूले भाग लिएका थिए। नेपाल-चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ वसन्त चाडका उपलक्ष्यमा सबै चिनियाँहरूप्रति हार्दिक शुभकामना प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु