फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासाको पाखो सडक

(GMT+08:00) 2018-02-13 09:18:53

पाखो सडक जोखाङ गुम्बा वरिपरी निर्माण भएको विशेष व्यापारिक सडक हो। ल्हासा शहरको पुरानो क्षेत्रमा पर्ने पाखो सडकमा पुरानो ल्हासाको परम्परागत रुप र बसोबास शैलीको अपेक्षाकृत पूर्ण रुपमा राखिएको छ र हाल ल्हासाको चर्चित प्रार्थना पाङ्ग्रा घुमाउने सडक र व्यापारिक केन्द्र बनेको छ। पहिला पाखो सडक जोखाङ गुम्बा वरिपरि पर्ने प्रार्थना पाङ्ग्रा घुमाउने सडक मात्रै थियो। स्थानीयले त्यसलाई पवित्र सडक भन्थ्ये। हाल यसको स्वरुप क्रमशः विकास भएर एउटा मुख्य ठूलो पुरानो व्यापारिक क्षेत्र बनेको छ।

पाखो सडकलाई आठ कुनाको सडक अथवा चिनियाँमा पाच्याउच्ये पनि भनिन्छ। ल्हासामा तिब्बतसँग जोडिएको चीनको स छ्वान बासीहरु धेरै छन्। स छ्वानेली भाषामा पाखो र चिनियाँ भाषाको आठ कुनाबीच समान अर्थ रहेको छ। अनि अरुले यसो सुनेर आठ कुने सडक जस्तो लागेको र आठ कुने सडकको नाम पनि हालसम्म फैलिरहेको छ। अझै कहाँसम्म भने आठ कुने सडक भनेर धेरैले यो सडक आठ कुनाको रुपमा देखिएको गलत धारणा पनि पालेका छन्।

वास्तवमा जोखाङ गुम्बासँगै पाखो सडक पनि निर्माण भएको हो र जोखाङ गुम्बाको साथ विकास भएको हो। हाल त्यस्को इतिहास एक हजार तीन सय वर्षभन्दा बढी पुगेको छ। सातौँ शताब्दीमा तिब्बती राजा सुन्चान गान्बुले वथाङ तालमा जोखाङ गुम्बा निर्माण गर्ने आदेश दिएका थिए। साथै तालका चारैतिर चार दरबार पनि निर्माण भए जसरी नै उनी त्यहाँ बसेर नजिकबाट गुम्बाको निर्माण हेर्ने गर्दथ्ये। यी चार दरबार नै पाखो सडकको सबभन्दा मुख्य निर्माणवस्तु हुन्थे। जोखाङ गुम्बा निर्माण भएपछि धेरै तीर्थयात्रीलाई आकर्षित भएका थिए अनि उनीहरु घुम्दा घुम्दै त्यस वरिपरि एउटा चक्रपथ बनेको मानिन्छ। र यो नै पाखो सडक हो। त्यसपछि गुम्बा नजिकमा एकपछि अर्को गरी अठारवटा पारिवारिक भवन निर्माण गरेर टाढाबाट आएका तीर्थयात्री र व्यापारीलाई बस्ने व्यवस्था मिलाइएको थियो।

पन्ध्रौँ शताब्दीपछि जोखाङ गुम्बा बौद्ध धर्मको केन्द्र बन्यो। त्यस वरिपरि धर्मावलम्बीको छात्रावास, धार्मिक स्कुल, सानै गुम्बा लगायत क्रमशः देखिएका थिए। झनै बढी धर्मावलम्बीहरु यहाँ आएर बस्न थाले र सडकमा पनि सर्वसाधारणको घर, पसल, होटेल, हस्तकला कार्यशाला आदि पनि क्रमशः देखिन थाले। धार्मिक क्षेत्रमा जोखाङ गुम्बाको स्थान झनै महत्वपूर्ण भएपछि जोखाङ गुम्बालाई केन्द्र भाग बनाएर घडीको सुइको दिशातर्फ तीर्थयात्री घुमेर जोखाङ गुम्बामा राखिएको साक्यमुनी बुद्धको मूर्तिको पूजा-आजा गर्ने चलन बनेको थियो। पाखो सडक ल्हासाका तीनवटा मुख्य पाङ्ग्रा घुमाउने सडक पनि बनेको छ। ती तीनवटा सडक भनेको पाखो सडक भित्रको ग्यालरीलाई भित्री पाङ्ग्रा घुमाउने सडक भनिन्छ, पोखो सडकलाई मध्य पाङ्ग्रा घुमाउने सडक भनिन्छ र पुरानो ल्हासा सडकलाई बाहिरी पाङ्ग्रा घुमाउने सडक भनिन्छ। मंगोलिया, काश्मिर, नेपाल, भुटान, भारत आदि मुलुक तथा क्षेत्रका व्यापारी, तीर्थयात्री, पर्यटक धेरै आएपछि यहाँ धार्मिक, पर्यटन, व्यापारिक, लोककला तथा सांस्कृतिक रुपमा देखिएको वर्तमान पाखो सडक बनेको छ।

त्यसैले पाखो सडकलाई हाल ल्हासाको सबभन्दा पुरानो तथा पवित्र सडकको रुपमा मात्र होइन तर ल्हासाको सबभन्दा चर्चित व्यापारी सडकको रुपमा पनि मानिन्छ। त्यहाँ तिब्बती गलैँचा, चक्कु, पोशाक, जुत्ता, टोपी, सुन चाँदी आभूषण, हस्तकला वस्तु आदि सामग्री किन्न पाइन्छ र धेरै तिब्बती खाने कुरा पनि चाख्न पाइन्छ।

पाङ्ग्रा सडकबाहेक पाखो सडकमा माक्ये आमे रेस्टुराङ सबभन्दा चर्चित हो। पाखो सडकमा सबै सेतो निर्माण वस्तुमध्ये दक्षिण-पूर्वी क्षेत्रमा एउटा पहेँलो भवन त माक्ये आमे रेस्टुराङ नै हो। तिब्बती भाषामा माक्ये आमेको अर्थ पवित्र आमा, शुद्ध केटी वा सुन्दर सपना रहेको छ। त्यहाँ छैटौँ दलाइ लामा साङ्याङ् ग्यात्सोको गोप्य दरबार थियो। उनी तिब्बती इतिहासको श्रेष्ठ धार्मिक नेता थिए साथै शानदार कवि पनि थिए। तिब्बती किम्बदन्तिका अनुसार, साङ्याङ् ग्यात्सोले बोधिसत्व तारा पत्ता लगाउन सारा तिब्बत क्षेत्र घुमेका थिए। एक दिन ल्हासाको पाखो सडकमा पर्ने एउटा रेस्टुराङमा आराम गर्दा एक चन्द्र जस्तो सुन्दरी बाहिरबाट हेरिरहिन् त्यसैले साङ्याङ् ग्यात्सोले कविता लेखे: पूर्वी पहाडको शिखरमा उज्ज्वल चन्द्र उकास्छ, माक्ये आमेको अनुहार पनि मनमा आएको जस्तो छ। माक्ये आमेलाई दिएको यो पूर्वी पहाडको शिखरमा शीर्षकको यो कविता हालसम्म पनि लोकप्रिय छ। हाल माक्ये आमे रेस्टुराङ धेरै कलात्मक वातावरण भएको रेस्टुराङ बनेको छ त्यहाँ चारै भित्तामा चित्र, तस्वीर, हस्तकलात्मक वस्तु र साहित्य किताब राखिन्छन् र साय तिब्बतमा घुम्ने सबै पर्यटक पुग्नुपर्ने ठाउँ पनि बनेको छ।

जानकारी तथा लेखहरु