फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 #अर्थ जगत# "एक पेटी एक मार्ग"को प्रस्तावबाट चिनियाँ व्यवसायको विश्वासमा वृद्धि

(GMT+08:00) 2018-02-22 15:09:30

चीनको राष्ट्रिय सूचना केन्द्रद्वारा सार्वजनिक भएको《एक पेटी एक मार्ग सम्बन्धी ठूलो डाटा रिपोर्ट,2017》बमोजिम एक पेटी एक मार्गको निर्माणमा सबैभन्दा ठूलो प्रभाव शक्ति बोक्ने अघिल्ला पचास व्यवसायहरुमध्ये निजी व्यवसायले 42प्रतिशत ओगटेको छ। "एक पेटी एक मार्ग"सम्बन्धी सहयोग गहन रुपमा भैरहेको साथमा चिनियाँ निजी व्यवसायले झन झन बढी शक्तिशाली सक्रियता देखाउँदै विदेशतर्फ लगानी बढाउने विश्वासलाई मजबुत बनाएको छ। चीनको पूर्वी भागको शान तुङ्ग प्रान्तको चि निङ्ग शहरमा एक पुरानो ब्रान्डको कपडा व्यवसाय रु यी समूह रहेको छ। यस समूहद्वारा उत्पादन भएको धागो आदि उत्पादन बस्तु सधैं पाकिस्तान、बंग्लादेश आदि दक्षिण एशियाली बजारमा लोकप्रिय भएको देखिन्छ। "एक पेटी एक मार्ग" प्रस्तुत भएपछि रु यी समूहले विदेशमा आफ्नो औद्योगिक क्षेत्रको स्थापना गरेको छ जसबाट उत्पादन र बिक्रीको स्थानीयकरणलाई व्यवहारमा उतार्न सकिएको छ। यसप्रति रु यी समूहका कार्यकारी अध्यक्ष वाङ्ग छ्याङ्गले भन्नुभयो:हाल पूरै परिस्थितिबाट हेर्दा एक पेटी एक मार्ग भन्ने निर्णय प्रस्तावले हाम्रो मुलुकको कपडा व्यवसायका लागि महत्वपूर्ण भावार्थ सिर्जना गरेको छ। यो निर्णय प्रस्ताव प्रस्तुत भए यता रु यी समूहले एक पेटी एक मार्ग सम्बन्धी तटवर्ती क्षेत्र तथा मुलुकमा रणनीतिक बन्दोबस्त गर्न थालेको छ। क्वाङ्ग सिको ह्वी पाउ युआन चिकित्सा तथा औषधी वैज्ञानिक प्रविधि लिमिडेट कम्पनी एक नविन शक्तिद्वारा प्रवर्द्धन गरिएको व्यवसाय हो। हाल यस व्यवसायसँग 90 औषधि किसिमका उत्पादन छन्। प्रतिवर्षको बिक्री मात्रा दश करोड चिनियाँ युआनभन्दा बढी छ। सन्2016को मे महिनामा यस व्यवसायले मलेसियामा स्थानीय व्यवसायसँग सँयुक्त पूँजीबाट कारखानाको निर्माण गरेको थियो। यस व्यवसायका सहायक महाप्रबन्धक लि फाङ्ग लिका अनुसार संयुक्त पूँजीबाट निर्माण गरिएको कारखाना सञ्चालनमा आएपछि व्यवसायको लाभ उकासिएको छ। साथै लगानीको विश्वास पनि बढाएको देखिन्छ। उहाँले भन्नुभयो:हामीले आफ्नो कच्चा पदार्थलाई मलेसियातर्फ निर्यात गर्दछौं। केवल कच्चा पदार्थको निर्यातबाट क लाभ हुने कम्जोरी रहेको छ। त्यपछि हामीले मलेसियासँग एक सहकारी औषधी उत्पादन कम्पनीको स्थापना गर्दछौं। जसबाट लाभलाई उकास्न सकियोस। चिनियाँ निजी व्यवसायले"एक पेटी एक मार्ग"को निर्माणमा भाग लिँदै उत्पादन तथा बिक्रीको स्थानियकरण जस्तै तरिकाबाहेक विदेशमा आर्थिक तथा व्यापारिक सहयोग क्षेत्रको निर्माणमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको छ। च च्याङ्ग प्रान्तको ह्वा लि समूह एक नमूना हो। यस समूहले सन्2005 थाईल्याण्डमा थाईल्याण्ड-चीन ल्वो युङ्ग औद्योगिक पार्कको स्थापना गरेको थियो। चिनियाँ लगानीकर्तालाई उन्मूख भएको यस राष्ट्रियस्तरीय औद्योगिक पार्कले एक पेटी एक मार्गको निर्माण क्रममा तिब्र गतिले विकसित भैरहेको देखिन्छ। हालसम्म नयाँ बैज्ञानिक प्रविधि、नयाँ ऊर्जास्रोत、नयाँ सामग्री、मशीनरी、इलेक्ट्रनिक व्यवसाय लगायत 101 वटा चिनियाँ व्यवसायले यस औद्योगिक पार्कमा बसेको छ। ह्वा लि समूहले थाईल्याण्ड चीन ल्वो युङ्ग औद्योगिक पार्कको विकास गर्दै लगानी लगाउने आफ्नो विश्वास पनि बढाएको छ। गत वर्षको अप्रिलमा ह्वा लि समूहको दोस्रो विदेशी औद्योगिक पार्क अर्थात् मेक्सिको उत्तर अमेरिका फू सान औद्योगिक पार्कको निर्माण ‌औपचारिक रुपमा सुरु भयो। यो पार्क मेक्सिको मात्र नभइ सारा उत्तर अमेरिकामै चिनियाँ व्यवसायद्वारा लगानी गरिएको पहिलो औद्योगिक पार्क हो।
जानकारी तथा लेखहरु