फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी कार्यक्रम#चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन

(GMT+08:00) 2018-02-28 09:32:01

आज फेब्रुअरी महिनाको अन्तिम दिन हो। तीन दिनपछि चिनियाँ राजनीतिक जीवनका लागि नियमित र महत्वपूर्ण मामिला अर्थात् दुईवटा अधिवेशनमध्ये चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन सुरु हुनेछ। आजको चिनारी कार्यक्रममा मैले चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको बारेमा जानकारी दिँदैछु।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका अन्य धेरै पार्टी बीच आपसी सहयोग र राजनीतिक परामर्श गर्ने महत्वपूर्ण संस्था हो। यो नै चीनको राजनीतिक जीवनमा समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण प्रणाली पनि हो।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन नयाँ चीन स्थापना हुनुअघि चिनियाँ कम्युनिष्ट पार्टी र अन्य विभिन्न प्रजातान्त्रिक पार्टीहरु निर्दलीय व्यक्तिहरु र विभिन्न जन संगठनहरुले सयुक्त रुपमा स्थापना गरेका हन्।

स्थापनापछि सन् 1949 को सप्टेबरमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलोपूर्ण बैठक पैचिङमा आयोजना गरिएको थियो। सोही बैठकले जन गणतन्त्र चीन स्थापनाको घोषणा गरेको थियो। साथै माउ च तुँग अध्यक्ष रहनुभएको केन्द्रीय जन सरकार र राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो राष्ट्रिय समितिको पनि निर्वाचन गरेको थियो। चीनको राजधानी, राष्ट्रिय झण्डा, राष्ट्रिय धुन र इस्वी संवतको प्रयोग सम्बन्धी निर्णय समेत सोही बैठकले गरेको थियो। सन् 1954 मा चीनको सर्वोच्च राष्ट्रिय अधिकारको अँग अर्थात राष्ट्रिय जन कंग्रेस स्थापना भएपछि भने राजनीतिक परामर्शदात्री सम्मेलनसँग नीहित सर्वोच्च राष्ट्रिय अधिकार अँगको कार्यकारी अधिकारको प्रयोग पनि समाप्त भयो। तर यो देशभक्त एकिकृत मोर्चाको रुपमा भने रहिरहेको छ।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय सम्मेलनका साथै विभिन्न स्थानीय समितिहरु समेत रहेका छन्। प्रत्येक समितिको पदावधि 5 वर्षको हुन्छ। हरेक वर्षमा एक पटक पूर्ण बैठकको आयोजना गरिन्छ।

राजनीतिक परामर्शदात्री सम्मेलनको मुख्य कार्यभार नै राजनीतिक परामर्श जनतान्त्रिक अनुगमन र सरकारी कार्य एवं राजनीतिमा सहभागी भई छलफल गर्नु हो। तीमध्ये प्रस्ताव प्रस्तुत गर्नु नै राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरुले सरकारी कार्य एवं राजनीतिमा सहभागी भई छलफल गर्ने सबैभन्दा प्रत्यक्ष र ठोस तथा प्रभावकारी तरीका हो।

यहाँ विशेष रुपले स्पष्ट पार्नुपर्ने कुरा के हो भने चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन र विदेशका सिनेट वा माथिल्लो सभा बीच निकै फरक छ। चीनको जन राजनितिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न प्रजातान्त्रिक पार्टी तथा निर्दलीय व्यक्तिहरु बीच रहेको फरकमा यो नै मुख्य द्योतक हो।

श्रोताहरु, यसै वर्ष चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको अधिवेशनमा मैले सी.आर.आई.को सम्वाददाताको हैसियतमा जानकारी दिन्छु। चीनको राजनीति, अर्थतन्त्र, संस्कृतिलगायत कुन क्षेत्रबारे अभिरुचि लागेमा हाम्रो वेवसाइट, फैसबुक वा इ-मेलद्बारा मलाई भन्नुहोस्। मैले तपाईंको प्रश्न लिएर अधिवेशनका सदस्यसँग अन्तर्वार्ता लिनेछु।

जानकारी तथा लेखहरु