फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 छ्यान हाइ शनचन हङकङ आधुनिक सेवायुक्त सहयोग क्षेत्र सम्बन्धी पछिल्लो नयाँ विकास परियोजना

(GMT+08:00) 2018-03-01 09:20:14

यस फेब्रुअरी 26 तारिख छ्यान हाइ अर्थात् छ्यान हाइ शनचन हङकङ आधुनिक सेवायुक्त सहयोग क्षेत्र अन्तर्राष्ट्रिय सम्पर्क सेवा कम्पनीले हङकङमा प्रेस पत्रकार सम्मेलनको आयोजना गर्दै छ्यान हाइ शनचन हङकङ आधुनिक सेवायुक्त सहयोग क्षेत्रको पछिल्लो अवस्था र यस सम्बन्धी नयाँ वर्षको विकास परियोजनाको जानकारी दिएको छ।

छ्यान हाइ शनचन हङकङ आधुनिक सेवायुक्त सहयोग क्षेत्र क्वाङ्ग तुङ प्रान्तको शनचन शहरको पश्चिमी भागको छ्यान हाइ खाडी नजिक पर्दछ। सन्2010मा चीनको राज्य परिषदको अनुमोदन पार गरी स्थापना भएको यस क्षेत्रको कूल क्षेत्रफल 14.92 वर्गकिलोमिटर बराबर छ। खुलापन तथा सुधारको भूमिका सिर्जना गर्दै यस क्षेत्रलाई एशिया प्रशान्त क्षेत्रको महत्वपूर्ण उत्पादक सेवा केन्द्र र विश्वको सेवायुक्त व्यापारिक केन्द्रको रुपमा निर्माण गर्ने लक्ष्य रहेको छ।

यस पत्रकार सम्मेलनबाट थाहा भएअनुसार सन्2017मा छ्यान हाइ शनचन हङकङ आधुनिक सेवायुक्त सहयोग क्षेत्रले"हङकङ र शनचन सहयोग वर्ष"भन्ने मुख्य विषय बमोजिम,"क्वाङतोङ,हङकङ,मकाउबीचको गहिरो सहयोगको परिक्षण क्षेत्र"लाई व्यवहारमा उतार्न प्रयास गर्दै आएको छ। क्वाङतोङ,हङकङ,मकाउ सेवायुक्त व्यापार स्वतन्त्रताको नमूना क्षेत्रको निर्माण गर्दै छ्यान हाइ शनचन हङकङ आधुनिक सेवायुक्त सहयोग क्षेत्रको राष्ट्रिय रणनीतिक नयाँ मञ्चलाई विस्तार गर्दै आएको छ। छ्यान हाइ शनचन हङकङ आधुनिक सेवायुक्त सहयोग क्षेत्र व्यवस्थापन व्युरोअन्तर्गत हङकङ मामिला सर्वोच्च सम्पर्क पदाधिकारी हुङ्ग वी मिनले जानकारी दिनुभएअनुसार सन्2017को अन्तसम्म अगाढी समुद्रको श ख्वो स्वतन्त्र व्यापार क्षेत्रमा जम्मा एक लाख चौसट्ठी हजार नौ सय वटा व्यवसायले दर्ता गरेको छ। अनि सञ्चालनमा आएको व्यवसायको संख्या छयसट्ठी आठ सय पुगेको छ। यसका साथै सन्2017को अन्तसम्म श ख्वो स्वतन्त्र व्यापार क्षेत्रमा जम्मा 7102 वटा हङकङ व्यवसायले दर्ता गरेको छ भने दर्ता गरिएको पूँजी एक खर्ब सत्तरी अर्ब चौवन्न करोड बीस लाख चिनियाँ युआन पुगेको छ। यसबाट हेर्दा हङकङ व्यवसायको स्तम्भ भूमिका स्पष्ट देखिन्छ।

छ्यान हाइ शनचन हङकङ आधुनिक सेवायुक्त सहयोग क्षेत्र छ्यान हाइ शनचन हङकङ आधुनिक सेवायुक्त सहयोग क्षेत्रले ठूलो परिमाणमा हङकङ युवकको नवीन स्वरोजगारका लागि समर्थन दिन्छ। युवकको नविन स्वरोजगार सम्बन्धी परियोजनाले मुख्य गरी इन्टरनेट प्लास+,स्माट हार्डवेयर,सांस्कृतिक रचनात्मकता गरी तीन क्षेत्रलाई जोड दिएको देखिन्छ।

सन्2018मा छ्यान हाइ शनचन हङकङ आधुनिक सेवायुक्त सहयोग क्षेत्र "स्वतन्त्र व्यापार नयाँ क्षेत्र"बाट"शहरको नयाँ केन्द्र"सम्म परिवर्तन हुने छ। हङकङ र मकाउ निवासीले शनचनमा स्वरोजगार गर्नका लागि अझ बढी अनुकूल हुने वातावरण सिर्जना गर्दै शनचनले सम्बन्धित कार्य तालिका बनाएको छ।

जानकारी तथा लेखहरु