फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# लगातार सुधारिँदै गएको चीनको वैदेशिक व्यापारको संरचना

(GMT+08:00) 2018-03-08 16:01:32

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं अधिवेशनको जनकांग्रेस अधिवेशन बमोजिम चीनको अर्थतन्त्र उच्च गतिको वृद्धि दरबाट उच्च गुणस्तरको विकाससम्म परिवर्तित भएको छ। जसबाट हेर्दा चीनको आर्थिक विकास शैली व्यापकताबाट सघनतातर्फ मोडिएको छ। आर्थिक बनौट श्रम-गहनबाट पूँजी-गहन तथा प्रविधि-गहनसम्म परिवर्तन भएको छ। यस पृष्ठभूमिमा चीनको वैदेशिक व्यापार स्थिर विकासको आधारमा सुधारिँदै गएको देखिन्छ।

चीनको भन्सार मुख्यालयको सम्बन्धित तथ्याङ्कअनुसार सन् 2018को जनवरीमा चीनको मालसामानको व्यापारको कूल आयात-निर्यात मात्रा 25 खर्ब 10 अर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही महिनाको तुलनामा 16.2प्रतिशतले बढेको छ। यसमध्ये निर्यातको 13 खर्ब 20 अर्ब चिनियाँ युआन र आयातको 11 खर्ब 90 अर्ब चिनियाँ युआन रहेको छ। मालसामानको किसिमबाट हेर्दा यस जनवरीमा विद्युत तथा मेकानिकल उत्पादन वस्तुको निर्यात बढेको छ। कपडा आदि केही परम्परागत श्रम-गहन उत्पादित वस्तुको निर्यात घटेको छ। यसप्रति चीनको वाणिज्य मन्त्रालयको विदेशी व्यापार विभागका प्रमुख रुन हुङ्ग पिनले भन्नुभयो:मैले के जोड दिन्छु भने उच्च प्रविधि उत्पादन वस्तु,कार,मोबाइल फोन,कम्प्युटर जस्तै उच्च थपिने मूल्यसहित उत्पादित वस्तुको निर्यात सबै दुई अंकले बढेको छ। यसका साथै वैदेशिक व्यापारको अभिनव विकासमा पुरानो र नयाँ प्रवर्द्धन शक्तिबीचको रूपान्तरण तीव्र गतिमा भैरहेको छ। अन्तर्राष्ट्रिय ई-वाणिज्य आदि नयाँ व्यवसाय विदेशी व्यापारको प्रवर्द्धक शक्तिको नयाँ विन्दू बनेको छ।

1  2  
जानकारी तथा लेखहरु