
मार्च आठ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले शान तुङ प्रतिनिधि मण्डलको छलफल बैठकमा भाग लिनुभएको छ। चिनियाँ राष्ट्रिय जन काँग्रेसको शान तुङ प्रान्तीय प्रतिनिधिहरूसँग छलफल गर्दै शान तुङ प्रान्तका किसानहरूबारे धेरै पटक चर्चा गर्नुभएको छ।
चीनको कृषि, ग्रामीण क्षेत्र, किसानबारे महासचिव सीले धेरै पटक चर्चा गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशनमा उहाँले ग्रामीण पुनःउत्थान रणनीति पहिलो पटक प्रस्तुत गर्नुभएको थियो र नयाँ युगमा चीनको ग्रामीण क्षेत्रको विकासका लागि सुन्दर ब्लुप्रिन्ट मूल योजना प्रस्तुत गर्नुभएको थियो।
<< 1 2 3 >>