फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा छुङ्ग छिङ्ग शहरको एक जन काङ्ग्रेस प्रतिनिधिको प्रशंसा

(GMT+08:00) 2018-03-11 13:48:44

वितेका केही वर्षयता छुङ्ग छिङ्ग शहरका केही मुख्य राजनीतिक पदाधिकारीहरु भ्रष्टाचारका कारण पक्राउ गरिएका थिए। सन् 2018 चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको भावनालाई व्यवहारमा उतार्ने पहिलो वर्ष हो। यस दुईटा राष्ट्रिय अधिवेशनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले छुङ्ग छिङ्ग प्रतिनिधि मण्डलको छलफल बैठकमा भाग लिँदै सफा र ईमानदार राजनीतिक वातावरण सिर्जना गर्ने विषयमा जोड दिनुभएको छ। छुङ्ग छिङ्गबाट आएका 60 जना प्रतिनिधिसँग कुराकानी गर्दै राष्ट्राध्यक्ष सीले आधारभूत तहको चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य मा शान स्याङ्गको प्रशंसा गर्नुभएको छ।

छुङ्ग छिङ्गको च्याम पै क्षेत्रको क्वान यीन छ्याउ सडक कार्यालयका भूतपूर्व अन्वेषकको हैसियतले मा शान स्याङ्गले राष्ट्राध्यक्ष सीलाई 19औं महाधिवेशनको भावनाबाट आधारभूत तहमा ल्याइएको परिवर्तनबारे बोलेका छन्। उनका अनुसार चिनियाँ विशेषतायुक्त समाजवादको निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नेतृत्वले मुख्य समर्थन भन्ने भूमिका सिर्जना गर्दछ। अनि चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत शाखाले महत्वपूर्ण आधारभूत भूमिका सिर्जना गर्दछ।

1  2  3  4  
जानकारी तथा लेखहरु