फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"इन्द्रेणी" "शा वान खाडीको पुरानो कथा" नामक चिनियाँ नाटक वाशिङ्टनमा प्रदर्शन

(GMT+08:00) 2018-03-12 16:25:27

श्रीमती हान चन सो नाटकका दुईजना युवा निर्देशकमध्येको एक हुनुहुन्छ। उहाँका अनुसार, चीनको परम्परागत बसन्त चाड आउनुअघि अमेरिकामा रहेका चिनियाँ प्रवासी र चिनियाँ मुलका विदेशीहरूसमक्ष चिनियाँ जातीय सङ्गीतको इतिहासमा निकै महत्वपूर्ण स्थान ओगटेको क्वाङ तुङ सङ्गीत देखाएकाले त्यस नाटकमा नयाँ र विशेषतायुक्त अर्थ पनि थपिएको छ। उहाँ यसरी भन्नुहुन्छ:

 

चीनको भूखण्डमै पश्चिमा मुलुकसँगको आदान-प्रदानमा क्वाङ तुङ बासीहरूले अपेक्षाकृत ठूलो अनुपात ओगटेका छन्। विदेशमा रहेका चाइनाटाउनमा थुप्रै चिनियाँहरू क्वाङ तुङका बासी हुन्। त्यसै कारण एउटा नामी उखान के छ भने चिनियाँ मुलका विदेशीहरू बसेका ठाउँमा क्वाङ तुङ सङ्गीत हुनुपर्छ। यस पटक वाशिङ्टनमा सर्वसाधारणसमक्ष नाटक देखाउनका लागि हामीले विशेषगरी चीनका दुईजना प्रसिद्ध युवा नर्तकलाई आमन्त्रित गरेका थियौँ।

"शा वान खाडीको पुरानो कथा" लाई अमेरिकामा देखाइएपछि स्थानीय चिनियाँ प्रवासीका लागि जन्मस्थलको न्यानोपन ल्याएको मात्र नभई त्यसले अधिकांश अमेरिकी कलाकारहरूलाई पनि निकै प्रभाव पारेको छ। सो नाटकका मुख्य नर्तक ली सिङका अनुसार, सो नाटकलाई सन् 2016 मा न्यूयोर्क लिङ्कोल्न कला केन्द्रमा देखाइएको थियो। त्यसपछि तुरुन्तै उहाँले अमेरिकाका एकजना कला डिजाइनरको इ-मेल पाउनुभयो। ती कला डिजाइनरले आफ्नो इ-मेलमा "शा वान खाडीको पुरानो कथा"बाट आफूले पाएको अनुभवबारे ली सिङलाई बताउनुभयो। नर्तक ली यसरी भन्नुहुन्छ:

उनीहरूले एक किसिमको ताजा र नयाँ चिनियाँ कला तरिका देखेको भन्नठानेका छन्। उहाँ एक अमेरिकी कला कोषका अध्यक्ष हुनुहुन्छ। उहाँले मलाई पठाएको इ-मेलमा के बताउनुभएको छ भने आफूले पश्चिमी जगतमा कलिल्यै पनि नभेटेको नयाँ नाच धारणा पनि अवलोकन गर्नुभएको छ। उहाँको मूल्याङ्कन देखेर मलाई साह्रै खुसी लागेको छ। किनकि हामीले हाम्रो चिनियाँ परम्परा बोकेर पश्चिमी जगतमा हाम्रो भाषाद्बारा हाम्रै कथा अभिव्यक्त गर्नसकेकोमा धेरै गौरव लागेको छ मलाई।

चिनियाँ वैदेशिक संस्कृति समूहका जिम्मेवार व्यक्ति श्रीमती छ्न छुन मैले चीनका श्रेष्ठ साँस्कृतिक कलामार्फत पश्चिमी जगतका सर्वसाधारणले अझ राम्रोसँग चीनबारे अवगत गराउनसक्ने आशा व्यक्त गर्नुभएको छ।


1  2  
जानकारी तथा लेखहरु