फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चीनको अल्पसंख्यक जाति#नेचुङ्ग गुम्बा

(GMT+08:00) 2018-03-13 15:48:42

ल्हासाका निर्मित वस्तुहरुमध्ये नेचुङ्ग गुम्बाको भित्ते चित्रकला निकै विशेषतायुक्त छ। मुख्य दरबारका चारै भित्तामा खिँचिएका चित्र र पोताला दरबार, जोखाङ गुम्बा आदि गुम्बाको भित्ते चित्रबीच विषय, रङ्ग, चरित्रचित्रण सबै पक्षबाट यहाँका चित्रकलचा फरक रहेका छन्। नेचुङ्ग गुम्बा नै तिब्बती बौद्ध धर्मको गेलुग सम्प्रदायमा सबभन्दा ठूलो संरक्षक नेचुङ्ग बस्ने गुम्बा हो त्यसैले गुम्बाका धेरैजसो भित्ते चित्र बौद्ध धर्म संरक्षण, शैतान मार्ने, नरक, दुःख आदि विषयसँग सम्बद्ध छ र तिब्बती भित्ते चित्रकलाको मूल्यवान सम्पदाको रुपमा मानिन्छ।

TIPS:1) ड्रेपुङ गुम्बा जाँदा बाटोमा नेचुङ्ग गुम्बा भेटिन्छ। ल्हासा शहरबाट ट्याक्सीमा गएमा बीस युआन लाग्छ।

2) हरेक विहान नौ बजेदेखि बाह्र बजेसम्म गुम्बा खुल्छ र टिकटको शुल्क बीस युआन रहेको छ।

3) गुम्बामा अँध्यारो भएकाले भित्ते चित्र अवलोकन गर्न विजुली बत्ति लिएर गएमा राम्रो हुन्छ।


1  2  
जानकारी तथा लेखहरु