फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्यादेवी भण्डारी नेपालको राष्ट्रपतिमा पुन निर्वाचित

(GMT+08:00) 2018-03-13 20:22:29

नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ। राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो। वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा हुनुहुन्थ्यो।

वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएको छ। भण्डारीले ३९ हजार २७५ मतभार पाउनु भयो भने उहाँकी प्रतिस्पर्धी कुमारी लक्ष्मी राईले ११७३० मतभार पाउनु भएको छ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन्।

संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए।

संघीय संसदको एक सदस्यको मतभार ७८ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ।

जानकारी तथा लेखहरु