फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीच सहयोग आदानप्रदान सम्झौतामा हस्ताक्षर

(GMT+08:00) 2018-03-15 14:21:43

आज मार्च १५ तारिख बिहीबार सिंहदरवारस्थित अर्थमन्त्रालयमा नेपाल र चीनबीचमा सहयोग आदानप्रदान सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नेपालको अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गर्नु भएको छ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले भूकम्पबाट ध्वस्त भएका विभिन्न पूर्वाधारको पुननिर्माणमा चीनले सहयोग गर्दै आएको बताउनुभयो। तातोपानी नाका, सिन्धुपाल्चोक अस्पताल र जिरी उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा यो सहयोग गरिएको बताउनुभयो। उहाँले अन्य क्षेत्रमा पनि चीनले सहयोग गर्दै जाने बताउनुभयो। उहाँले क्रस बोर्डर गतिविधिलाई सहज र सरल बनाउने विचार पनि व्यक्त गर्नुभयो।

भूकम्पपछिको पुननिर्माण र नेपालको पूर्वाधार विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगका लागि अर्थसचिव अधिकारीले धन्यवाद व्यक्त गर्नुभयो। चिनियाँ सहयोगबाट तातोपानी नाकाको व्यापार सुचारु हुने र पुननिर्माणले गति लिने अधिकारीले औँल्याउनुभयो।

काठमाडौँबाट सुशील राउतको सहयोगमा

जानकारी तथा लेखहरु