फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# चिनियाँ युआनको अन्तर्राष्ट्रियकरण बढ्दै

(GMT+08:00) 2018-03-15 15:11:22

चीनको तेह्रौं जन काँग्रेसको पहिलो अधिवेशनको प्रेस केन्द्रले हाल"बैंकिङ्ग सुधार र विकास" विषयक पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनको केन्द्रीय जन बैंकका अध्यक्ष चौ स्याउ छ्वानले यस पत्रकार सम्मेलनमा बजारमा प्रवेश गर्न स्वीकृत भएका क्षेत्रमा विदेशउन्मूख खुल्लापनका लागि धेरै वर्षसम्मको तयारीपछि चीनले विश्व व्यापार संगठनमा भाग लिएको र तत्पश्चात विदेशका लागि केहि हदसम्म खुलापनलाई व्यवहारमा उतारेको हो भन्नुभयो। उहाँले अगाडि थप्नुभयोः हाल नयाँ आर्थिक अवस्थामा प्रवेश गरेपछि हामी विदेशका लागि अझ बढी खुल्ला धारणा देखाउँदै गैरहेका छौं। विदेशका लागि खुलापनसँग अझ बढी व्यापक भावार्थ रहेको छ। यसमध्ये चीनको बैंकिङ्ग संस्थाले सारा विश्वतर्फ उन्मुख भन्ने भाव पनि समेटेको छ। हाल केही वर्षयता चीनको बैंकिङ्ग संस्थाले सारा विश्वका विभिन्न स्थलमा झन झन बढी शाखा संस्थाको स्थापना गर्दै अन्य विदेशी बैंकिङ्ग संस्थासँग धेरै राम्रो सहयोग गरेको छ। यसको एक महत्वपूर्ण कारण भनेको चिनियाँ युआन अर्थात् रनमिनपिको अन्तर्राष्ट्रियकरण हो। रनमिनपिको अन्तर्राष्ट्रियकरणले चीनको सारा बैंकिङ्ग खुलापनलाई प्रवर्द्धन गरिरहेको छ।

अध्यक्ष चौका अनुसार बितेका पाँच वर्षमा "शाङ्घाई-हङकङ स्टक कनेक्ट", "शन्चन-हङकङ स्टक कनेक्ट", "बोन्ड पास "मा प्रकाशित हुनुका साथमा चीनले मुद्रा विनिमय क्षेत्रमा द्दढ तथा स्थिर पाइला सिर्जना गरिरहेको देखिन्छ।

बैंकिङ्ग जोखिमको प्रतिरोध तथा नियन्त्रण नै आउने केही अवधिमा चीन सरकारको एक महत्वपूर्ण काम हो। चीनको जनबैंकका उपाध्यक्ष यी काङ्गले बैंकिङ्ग बजारलाई अझ खुल्ला बनाउँदै सम्बन्धित निगरानी तथा व्यवस्थापनलाई मजबुत बनाउनुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो:विदेशी बैंकिङ संस्थाले चिनियाँ बजारमा प्रवेश गर्नुअघि वा प्रवेश भएपछि व्यापार थाल्दा कानूनबमोजिम सम्बन्धित निगरानी तथा व्यवस्थापन पार गर्नुपर्छ। जसले मजबुत बन्दै गएको बैंकिङ्ग निगरानी तथा व्यवस्थापनमार्फत हामीले बैंकिङ्ग जोखिमको प्रभावकारी प्रतिरोध तथा समाधान गर्नसक्छौं।

चिनियाँ युआनको अन्तर्राष्ट्रियकरणलाई कसरी अझ बढाउने भन्ने नै यस पत्रकार सम्मेलनमा समस्त संचार माध्यमद्वारा ध्यान दिइएको केन्द्रीय विषय बनेको छ। यसप्रति जन बैंकका अध्यक्ष चौले भन्नुभयो:चिनियाँ युआनको अन्तर्राष्ट्रियकरण सम्बन्धी नियम तथा कदम पूरा भइसक्यो। साथै चिनियाँ युआनले अन्तर्राष्ट्रिय मुद्रा कोषको स्पेशल ड्रइङ राइटमा भाग लिएको छ। बजारमा भाग लिनेहरुले चिनियाँ युआनले व्यापार गर्नसक्छ कि सक्दैन भन्नेमा कसैले पनि यसलाई बलजफ्ती कार्यान्वयन गर्नसक्दैन। त्यसैले चिनियाँ युआनको अन्तर्राष्ट्रियकरण एक प्रगतिशील क्रम हो।

जानकारी तथा लेखहरु