फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनकांग्रेसका प्रतिनिधिद्वारा गरिबी न्यूनीकरणका लागि सुझाव प्रस्तुत

(GMT+08:00) 2018-03-22 09:09:18

चीनको केन्द्रीय सरकारले यस वर्षको《सरकारी कार्य प्रतिवेदन》मा फेरि गरिबी न्यूनीकरणका लागि थप शक्ति पुर्‍याउन जोड दिएको छ। तेह्रौं जन कांग्रेसको पहिलो अधिवेशनमा भाग लिएका जन कांग्रेस प्रतिनिधिहरुले गरिबीबाट मुक्त हुनका लागि कठिनाइको समाधान गर्ने विषयमा आ-आफ्ना सुझाव प्रस्तुत गरेका छन्।

मार्च आठ तारिख तेह्रौं जन कांग्रेसको पहिलो अधिवेशनको हु नान प्रतिनिधि मण्डलको खुल्ला दिनमा "85 पछिको पुस्ता"अर्थात् सन्1985पछि जन्मेको जनसमूहका एक जनकांग्रेस प्रतिनिधि छिन ये फैले ग्रामीण क्षेत्रको निर्माणको विकासको सम्बन्धमा आफ्नो सुझाव प्रस्तुत गरेका छन्। उनी भन्छ‍न्:हाम्रो राष्ट्रको सारा ग्रामीण क्षेत्रमा व्यापार गर्नेहरुमध्ये साना तथा मझौला व्यापार गर्ने किसानको संख्याले 98 प्रतिशत ओगटेको छ। कूल खेती क्षेत्रफलमा साना तथा मझौला किसानद्वारा सञ्चालित खेती क्षेत्रफल 70प्रतिशतभन्दा बढी ओगटेको छ। ग्रामीण क्षेत्रको विकासको अत्यन्तै महत्वपूर्ण काम उद्योगको कायाकल्प हो। ग्रामीण क्षेत्रको उद्योगलाई खासै विकास गर्नका लागि ती साना तथा मझौला किसानको उत्पादनलाई बेवास्ता गर्नुहुँदैन। राष्ट्रले अझ ठूलो शक्तिले किसान पेशागत सहयोग कम्यूनको विकास गर्नसक्ने छ।

अमेरिकी येल विश्वविद्यालयबाट स्नातक भएका छिन हाल हु नानको एक पहाडी गाउँका जिम्मेवार व्यक्ति हुन्। छ वर्षयता उनले स्थानीय किसानसँग जल श्रोत सिस्टम,घर नर्सिङको नवीकरण,स्कूलमा इन्टर्नेट लाइन राख्नु आदि धेरै गतिविधि गरेका छन्। जसबाट स्थानीय बासिन्दाको जीवनमा स्पष्ट सुधार ल्याएको देखिन्छ।

गरिबीको खास तथा प्रभावकारी न्यूनीकरण गर्नेमा व्यवसायले अपरिहार्य भूमिका सिर्जना गर्दछ। शानतुङ्ग प्रान्तको जनकांग्रेस प्रतिनिधि एवम् लाङ्ग छाउ लिमिडेट कम्पनी समूहका महाप्रबन्धक सुन फि सुको विचारमा ठूलो डेटाको प्रयोग गर्दै गरिबी न्यूनीकरण गरेबाट प्रभावकारी रुपमा गरिब जनताको खास अवस्था रेकर्ड गर्नसकिन्छ। गरिबी सिर्जना गर्ने खास कारण थाहा पाएपछि सम्बन्धित सहायता नीति तथा कदम बनाउन सकिने छ। गत वर्षको अन्तसम्म लाङ्ग छाउ समूहको"गरिबी न्यूनीकरणका लागि ठूलो डेटा क्लाउड सेवा"ले सारा देशका दशभन्दा बढी प्रान्तका अनेकन ग्रामीण क्षेत्रलाई सेवा प्रदान गरेको छ।

वितेका पाँच वर्षमा चीनले लगभग छ करोड साठी लाख गरिब जनसंख्यालाई गरिबीबाट मुक्त गराएको छ। औसत प्रतिवर्षमा 1370जना गरिबीबाट मुक्त भएको छ। गरिब दर 10.2प्रतिशतदेखि 3.1प्रतिशतसम्म घटेको छ। योजनाबमोजिम सन्2020सम्म चीनले वर्तमान मापदण्डसित अनुकूल गरिब जनसंख्यालाई सबै गरिबीबाट मुक्त गर्ने योजना बनाएको छ।

जानकारी तथा लेखहरु