फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अल्पसंख्यक जातीय सँस्कृतिको संरक्षणसम्बन्धी सीपीपीसीसी सदस्यको प्रस्ताव

(GMT+08:00) 2018-03-27 08:37:52

तेह्रौँ राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो अधिवेशन पैचिङमा भएको छ। सो अवसरमा युननान प्रान्तका सदस्य रुङपासननाले अल्पसंख्यक जातिको सँस्कृतिको संरक्षण तथा उत्तराधिकारलाई सरकारले अरु बढाउन सक्ने आशा लिएको विचार व्यक्त गर्नुभएको छ।

पत्रकारसँग कुराकानी गर्दै सदस्य रुङपासननाले उत्साहित रुपमा आफ्नो जातिको लोक गीत गाउन थाल्नुभयो—आवाज

उहाँ चीनको फुमि जातिको हुनुहुन्छ। सो जाति चीनको युननान प्रान्तमा बस्छ। कूल जनसंख्या चालीस हजार रहेको फुमि जाति चीनका छपन्न जातिमध्ये जनसंख्या सबैभन्दा कम भएको जाति हो। केही वर्षयता चिनियाँ कम्युनिष्ट पार्टि र सरकारको समर्थनमा फुमि जातिलगायत चीनका विभिन्न अल्पसंख्यक जातीय क्षेत्रमा ठूलो आर्थिक विकास भएको छ साथै जातीय परम्परागत सँस्कृतिको पनि प्रभावकारी रुपमा संरक्षण र उत्तराधिकार गर्न पनि पाइएको छ।

जनराजनीतिक परामर्शदात्री सम्मेलनमा एक मात्र फुमि जातीय सदस्यको रुपमा रहेको रुङपासननाको विचारमा जनसंख्या थोरै भए पनि फुमि जातिले पार्टी र सरकारबाट निकै धेरै समर्थन पाएको छ। सन् 2006 मा उहाँले राष्ट्रिय युवा गायन प्रतियोगितामा एक फुमि जातीय गीत गाएर ठूलो पुरस्कार पाउनुभएको थियो। सन् 2013को मार्चमा राष्ट्राध्यक्ष सी चिन फिङले रुसको भ्रमण गर्दा उहाँले चीन र रुसका राष्ट्रानायकसमक्ष फुमि जातीय लोक गीत गाउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको सही जातीय नीति र स्वजातीय सँस्कृतिको पोषणको आधारमा फुमि जातिको गीत स्वक्षेत्रबाट विश्वसमक्ष पुग्नसकेको उहाँले उल्लेख गर्नुभयो। उहाँ भन्नुहुन्छ—आवाज दुई

आज म जनराजनीतिक परामर्शदात्री सम्मेलनको सदस्यको हैसियतमा यहाँ उभिएर यति धेरै पत्रकारसँग मेरो कथा शेयर गर्नसक्छु सर्वप्रथम पार्टीको जातीय समानता नीतिप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै मेरो जन्मथलो युननानमा बहु-जातीय सँस्कृतिको वातावरणलाई पनि।

यसै अधिवेशनमा उहाँले जनसंख्या तीन लाखभन्दा कम भएका अठाइस वटा अल्पसंख्यक जातिका सदस्यसँग मिलेर एक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँहरुले अति अल्पसंख्यक जातिको साँस्कृतिक संरक्षण गर्ने कार्य अझै बढाएर जातीय सँस्कृतिको संग्रह कार्यको तीव्र संचालन गरी अल्पसं‍ख्यक जातिको मौखिक परम्परागत सँस्कृतिको संरक्षण र रेकर्ड कार्य स्तरलाई उकास्ने सुझाव दिनुभयो। पत्रकारसँग कुराकानी गर्दै रुङपासननाले अल्पसंख्यक जातीय सँस्कृति संरक्षण र सुन्दर गाउँ निर्माण रणनीतिसँग मिलेर विकास गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभयो। उहाँ भन्नुहुन्छ—आवाज तीन

केही वर्षयता देशले अल्पसंख्यक जातीय क्षेत्रको समर्थन कार्य अघि बढाएको छ। देशबाहेक हाम्रो जातीय क्षेत्रका विभिन्न तहका सरकारी विभागले आफ्नो श्रेष्ठता बमोजिम विशेषतायुक्त अल्पसंख्यक जातीय परम्परागत सँस्कृति र सुन्दर गाउँ निर्माणको रणनीतिलाई मिलाएर स्थानीय गरिबी निवारणमा सहायता पुर्याउनसक्ने मेरो आशा छ।

जानकारी तथा लेखहरु