फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ युगुर स्वायत प्रदेशका "कुमाले"

(GMT+08:00) 2018-03-27 10:57:18

चिनियाँ युगुर स्वायत्त प्रदेशको काश शहरको हरेक घरमा माटोद्वारा बनाइएका भाँडा बर्तन, कप, कचौरा आदि पाइन्छन्। टुर्सन चुनुङ्ग काशमा बर्तन कौशलको छैठौं पुस्ताका उत्तराधिकारी हुन्। बाल्यकालदेखि उनले आफ्ना हजुरबुवा र बुवाबाट भाँडाकुँडा बनाउने विधि सिकेका थिए। तर आधुनिक समाजसँगै विविध प्लास्टिकलगायतका भाँडाकुँडाको प्रयोगले हाल त्यस्ता माटाका भाँडा बनाउने कार्यशालाको संख्या पाँचवटा मात्रै छ।

सरकारले परम्परागत संस्कृति र सीपको संरक्षण र पर्यटनको विकास नगरे यस्तो कौशल हराउने टुर्सनले बताए। स्वायत्त प्रदेशस्तरीय अमूल्य सम्पदाको उत्तराधिकारीको हैसियतमा हरेक वर्ष टुर्सनले सरकारबाट चार हजार आठ सय चिनियाँ युआनको भत्ता पाउँछन्। सन् 2009 मा काश शहरको प्राचीन भागको पुनःनिर्माणपछि पर्यटकको संख्या बढ्नुका साथै टुर्सनको माटोको भाँडा बनाउने कार्याशाला पुनःउत्थान हुँदैआएको छ।


1  2  3  
जानकारी तथा लेखहरु