फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी र किम बीच भेट-वार्ता

(GMT+08:00) 2018-03-28 13:03:01

यसका साथै किम जोङ उनले "सर्वप्रथम कार्यान्वयन, कठिन स्थितिमा अगाडि बढ्नु-चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता चिनियाँ विज्ञान प्रतिष्ठानको सिर्जनशीलता उपलब्धि प्रदर्शनी"को अवलोकन गर्नुभयो। उहाँले वैज्ञानिक तथा प्राविधिक विकास र सिर्जनशीलताको क्षेत्रमा चीनले प्राप्त गरेको उपलब्धिको प्रशंसा व्यक्त गर्नुभयो, अवलोकनपछि उहाँले हस्ताक्षर-पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, केन्द्रीय समितिको सचिवालयका सचिव एवम् केन्द्रीय समितिको कार्यालयका प्रमुख तिङ श्य्व स्याङ, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य याङ चे छ, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, केन्द्रीय समितिको सचिवालयका सचिव एवम् केन्द्रीय समितिको राजनीतिक र न्यायिक आयोगका सचिव को शङ खुन, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, केन्द्रीय समितिको सचिवालयका सचिव एवम् चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार-प्रसार आयोगका मन्त्री व्हाङ खुन मिङ, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टीको पैचिङ समितिका सचिव छाइ छि, चीनको राज्य परिषदका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यिले पनि सम्बन्धित कार्यक्रमहरूमा भाग लिनुभएको थियो।

उत्तर कोरियाली रोतुङ पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष एवम् संगठन तथा निर्देशन मन्त्री छुङ रोङ हाई, उत्तर कोरियाली रोतुङ पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष एवम् प्रचार-प्रसार मन्त्री पाक क्वाङ हो, उत्तर कोरियाली रोतुङ पार्टीको केन्द्रीय समिति का उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय मन्त्री रि सु युङ, उत्तर कोरियाली रोतुङ पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष एवम् संयुक्त मोर्चा मन्त्री किम युङ चोल, उत्तर कोरियाका विदेश मन्त्री रि युङ होले किम जुङ उनसँग चीनको भ्रमण गर्नुका साथै सम्बन्धित कार्यक्रममा भाग लिनुभएको थियो।


1  2  3  4  
जानकारी तथा लेखहरु