फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत#चीनले सुधार तथा खुलापन कायम राख्दै जाने विदेशी विज्ञको विश्वास

(GMT+08:00) 2018-03-29 16:03:03

अन्तर्राष्ट्रिय ऊर्जा चार्टर संगठनका महासचिव उर्बन रुसनाकले हालै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोलाई अन्तर्वार्ता दिँदै हरेक मुलुक विश्वको नयाँ परिवर्तन अनुकूल हुनका लागि आफ्नो तरिका खोज्न सक्ने विचार व्यक्त गर्नु भएको छ। सुधार तथा खुलापन नै चीनले अगाडि बढाउँदै लगेको प्रभावकारी तरिका भएको कुरामा जोड दिनुभएको छ।

महासचिव रुसनाकले भर्खरै सम्पन्न भएको तेह्रौं जन काँग्रेसको पहिलो अधिवेशनप्रति निकै ध्यानाकर्षण गर्नुभएको छ। यस अधिवेशनमा ऊर्जास्रोत क्षेत्रको सुधारका कदम र वातावरण संरक्षणले उहाँको नजर आकर्षित गरेको छ। उहाँका अनुसार चिनियाँ जन काँग्रेस प्रतिनिधिहरुले ऊर्जास्रोतको उपयोग क्षमतालाई उकास्ने,ऊर्जास्रोत संरचनाको सुधारलाई तीब्र बनाउने,ऊर्जास्रोतका लागि लगानी बढाउने धेरैजसो सुझाव प्रस्तुत गरेका छन्। सन्2012को नोभेम्बरमा अन्तर्राष्ट्रिय ऊर्जा चार्टर संगठनका महासचिवको हैसियतले पहिलो पटक चीनको भ्रमण गर्दा उहाँले पैचिङ्गको वायु गुणस्तर राम्रो नभएको सम्झनुभएको छ।तर हाल केही वर्षयता पैचिङ्गको वायुको अवस्था झन झन बढी राम्रो हुँदै गएको देखिन्छ। उहाँले भन्नुभयो:हरेक वर्ष मैले पैचिङ्गको भ्रमण गर्छु। यहाँका विभिन्न पक्षमा प्रगति देख्नसकिन्छ। विशेष गरी"ओलम्पिक निलो"आकाश पैचिङ्गमा थुप्रै रुपमा देखिन्छ। यस्तो अवस्था निरन्तर रुपमा सुधारिँदै जाने मेरो विचार रहेको छ।

महासचिव रुसनाकले बताउनु भए अनुसार चीनले सुधार तथा खुलापन लागू गरेको चालीस वर्षयता विश्वको ऊर्जास्रोत बजारमा चीनले लिएको स्थान झन झन बढी महत्वपूर्ण बन्दै गएको छ। चीनको आर्थिक संरचना परिवर्तन तथा विकसित गर्दै विभिन्न किसिमका स्रोतको उपभोग मात्रा तथा प्रारुप पनि परिवर्तन भइरहेको छ। जसबाट सारा विश्वको ऊर्जास्रोत प्रणालीमा उपेक्षा गर्न नसकिने पनि उहाँले उल्लेख गर्नुभयो। उहाँले अगाडि भन्नुभयो:चीनद्वारा गरिएको हरेक महत्वपूर्ण निर्णयले विश्वका लागि प्रभाव पार्ने छ। चीनको ऊर्जास्रोत क्षेत्र लगातार रुपमा खुल्ला भैरहेको छ। साथै चीनले ऊर्जास्रोत शैलीको परिवर्तनलाई कसरी साकार तुल्याउने भन्ने ध्येयले सारा विश्वको मुख्य स्रोतको मूल्य तथा उपभोगमा प्रभाव पार्ने छ।

महासचिव रुसनाकका अनुसार सुधार तथा खुलापनको चालिस वर्षयता वर्तमान चीनसँग दुई पुस्ता रहेका छन्। एक पुस्ता सुधार तथा खुलापनको युगमा हुर्केको हो। अर्को पुस्ता विश्वका विभिन्न मुलुकमा अध्ययन गर्न जाने चिनियाँ युवायुवती छन्। उनीहरुले उन्नत विचारलाई स्वदेशमा भित्र्याएका छन्। जसबाट चीनको सुधार तथा खुलापनको गति निरन्तर अगाडि बढ्दै जानेछ।

जानकारी तथा लेखहरु