फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुई वटा अधिवेशनमा दक्षिण एशियाली सडकको निर्माणबारे ध्यानाकर्षण

(GMT+08:00) 2018-03-30 10:06:34

सन् 2015 चिनियाँ केन्द्रीय छैठौं तिब्बत कार्य बैठकमा तिब्बतलाई चीनले दक्षिण एशियातर्फ खुला गर्ने महत्वपूर्ण सडकको रुपमा बनाउने निश्चित गरिएको थियो। यसका साथै तिब्बत स्वशासित क्षेत्र "बेल्ट एण्ड रोड" प्रस्तावमा नेपाल लगायत वरिपरिका मुलुकहरुतर्फ उन्मुख हुने महत्वपूर्ण हब पनि हो। "दक्षिण एशियाली सडकको विकास हालसम्म कस्तो छ"? यसै मार्च महिनामा आयोजना भएको चीनका दुई वटा अधिवेशनमा यस विषयबारे ध्यान दिइएको छ।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूको समूह छलफलमा तिब्बत स्वायत्त प्रदेशको जन सरकारका उपाध्यक्ष च्यारअ लोसाङतानचङले तिब्बतको विकास अवस्थाबारे जानकारी दिँदै खास गरी दक्षिण एशियाली सडकबारे चर्चा गर्नुभयो। उहाँ भन्नुहुन्छ "सन् 2015 अगष्ट महिना चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले केन्द्रीय छैठौं तिब्बत कार्य बैठकको अध्यक्षता गर्नुभएको थियो। सो बैठकमा तिब्बतलाई महत्वपूर्ण राष्ट्रिय सुरक्षा पर्दा, महत्वपूर्ण पर्यावरणीय सुरक्षा पर्दा, महत्वपूर्ण रणनैतिक स्रोत-साधन आधार क्षेत्र, महत्वपूर्ण जातीय विशेषतायुक्त संस्कृतिको आरक्षण स्थल, महत्वपूर्ण पर्यटकीय गन्तव्य, दक्षिण एशियातर्फ खुलापन गर्ने महत्वपूर्ण सडकको रुपमा बनाइने निर्णय गरिएको थियो।"

1  2  3  
जानकारी तथा लेखहरु