फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुई वटा अधिवेशनमा दक्षिण एशियाली सडकको निर्माणबारे ध्यानाकर्षण

(GMT+08:00) 2018-03-30 10:06:34

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् तिब्बत स्वायत्त प्रदेशको सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत दक्षिण एशिया केन्द्रका उप प्रमुख प्येनपालामूको विचारमा दक्षिण एशियाली सडकको निर्माण दक्षिण एशियामा "बेल्ट एण्ड रोड" प्रस्तावलाई अगाडि बढाउन, तिब्बतको आर्थिक तथा सामाजिक विकासलाई अगाडि बढाउन, तिब्बतको सिमा सुरक्षा र स्थिरतालाई अगाडि बढाउनका लागि महत्वपूर्ण अर्थ रहेको छ। उहाँ भन्नुहुन्छ "दक्षिण एशियाली सडकको निर्माण पूरा भएपछि "बेल्ट एण्ड रोड" प्रस्तावले दक्षिण एशियातर्फ विकास गर्ने महत्वपूर्ण टेवा बन्न सक्ने छ। तिब्बतका वरिपरिको युननान प्रान्तमा बंगलादेश, चीन, भारत, म्यानमार आर्थिक करिडोर छ। बंगलादेश, चीन, भारत, म्यानमार आर्थिक करिडोर र दक्षिण एशियाली सडक जोडिने हो भने एक अर्कालाई फाइदा पुर्याउन सकिने छ।"

प्येनपालामूकाअनुसार, तिब्बत स्वायत्त प्रदेशको सरकारले दक्षिण एशियाली सडकको निर्माणबारे कार्यक्रमको तर्जुमा गरेको छ। केही कार्यक्रमको निर्माण शुरु भइसकेका छन्। थाहा भएअनुसार, हालैका वर्षयता तिब्बत स्वायत्त प्रदेशको राजमार्गको कुल लम्बाइ नब्बे हजार किलोमिटर भएको छ। स्वदेशी तथा विदेशी उड्डयन लाइन 79 वटा पुगेको छ। विजुली सञ्जालले तिब्बतका 73 वटा जिल्लामध्येका 62 वटा ढाकेको छ। सञ्चार संकेतले तिब्बतलाई सम्पूर्ण रुपमा ढाकेको छ। "बेल्ट एण्ड रोड" प्रस्तावसँग जोड्नका लागि तिब्बतले "चीन-नेपाल अन्तर्देशीय आर्थिक सहयोग क्षेत्र"को निर्माण थालेको, तिब्बत-छिङ हाई उद्योग पार्क, ल्हासा उच्च तथा नयाँ प्रविधि व्यवसाय पार्क, छाङ तु आर्थिक प्रविधि विकास पार्कको निर्माण गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु