फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुई वटा अधिवेशनमा दक्षिण एशियाली सडकको निर्माणबारे ध्यानाकर्षण

(GMT+08:00) 2018-03-30 10:06:34

चीनले पनि छिमेकी दक्षिण एशियाली मुलुकहरूसँग आदान-प्रदान र सहयोग गरेको छ। सन् 2016 मार्च महिनामा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गरेको दौरान चीन र नेपालले दश वटा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। ती सम्झौता पत्रमा दुई मुलुकबीचको रेलमार्गको निर्माणबारे समावेश थियो। नेपालले सन् 2020 मा रेलमार्गलाई तिब्बतको सिगाचेबाट दुई मुलुकको सिमावर्ती शहर केरुङसम्म लम्ब्याउन चीनसँग अनुरोध गरेको थियो। सन् 2014 संचालन भएको छिङहाई-तिब्बत रेलमार्गको शाखा लाइन अर्थात् ल्हासा-सिगाचे रेलमार्ग चीन र नेपालको सिमावर्ती केरुङसम्म लम्ब्याइने छ। हाल नेपालको राजधानी काठमाडौं र चीनको तिब्बत जोड्ने रेलमार्ग योजना अनुसन्धान चरणमा प्रवेश भइसकेको छ।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् चिनियाँ रेलमार्ग कम्पनीका भूतपूर्व उप महाप्रबन्धक लु छुन फाङ छिङहाई-तिब्बत रेलमार्ग कम्पनीका महाप्रबन्धक हुनुहुन्छ। उहाँ भन्नुहुन्छ "तिब्बत-नेपाल रेलमार्ग केही पुस्ताको सपना पनि हो भने चीन र नेपालका सरकारहरूको सहमति पनि हो। दुई मुलुकबीच प्राप्त प्रस्ताव बमोजिम हामीले नेपालसम्मको रेलमार्गको अनुसन्धान गर्दैछौं।"

छिङहाई-तिब्बत रेलमार्गको संचालनले तिब्बतको आर्थिक विकासमा ठूलो प्रभाव पारेको छ। लु छुङ फाङको विचारमा चीन-नेपाल रेलमार्गको निर्माण हुने हो भने स्थानीय रोजगार बढाइने, चीन र नेपालको व्यापारिक आदान-प्रदान बलियो पारिने, खास गरी पर्यटनमा प्रभाव पर्ने छ।


1  2  3  
जानकारी तथा लेखहरु