फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको लिन्चीमा सोह्रौँ आरु फूल पर्यटन सँस्कृति महोत्सव सुरु

(GMT+08:00) 2018-03-30 10:17:20

तिब्बत स्वायत्त प्रदेशीय लिन्ची सरकार र प्रदेशीय पर्यटन विकास समितिको संयुक्त आयोजनामा तिब्बती लिन्चीको सोह्रौँ आरु पर्यटन सँस्कृति महोत्सव मार्च उन्तीस तारिख लिन्ची शहरको पा यी जिल्लाको गाला गाउँमा सुरु भएको छ।

महोत्सवको उद्घाटन समारोहमा लिन्ची शहरका मेयर वाङत्वीले लिन्ची आरु फूल पर्यटन सँस्कृति महोत्सव लिन्ची र तिब्बत पर्यटनको एउटा नामी परिचय बनेको बताउँदै प्रदेशभरि पर्यटन उद्योग बढाउने शक्ति पनि बनेको उल्लेख गर्नुभयो।

लिन्चीलाई प्राचीन कालमा कुङपु पनि भनिन्थ्यो त्यसको अर्थ सूर्यको सिंहासन हो। लिन्चीलाई छिङ हाइ-तिब्बत पठारभूमिको जैविक जिन बैङ्कको रुपमा पनि मानिन्छ। त्यहाँ चीनको सबभन्दा ठूलो मूल वन रहेको छ भने वनस्पतिले ४७.६ प्रतिशत स्थान ओगटेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु