फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको राजधानी काठमाडौंमा नानचिङ सांस्कृतिक दिवस कार्यक्रम

(GMT+08:00) 2018-04-02 15:28:31

अप्रिल एक तारिख नेपालको चिनियाँ साँस्कृतिक केन्द्र र नानचिङ शहरको सँस्कृति, रेडियो, टेलिभिजन, प्रकाशन व्यूरोले संयुक्त रुपमा आयोजना गरेको "नानचिङ साँस्कृतिक दिवस" कार्यक्रमको आयोजना गरेको छ। नेपालका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत याङ श छाउ, नेपालका लागि चीनको सँस्कृति विभागका प्रमुख छतान पाइमू, नेपालको चीन सँस्कृति केन्द्रका प्रमुख यिन खुन सुङ, कम्फ्युसियस इन्स्टिट्यूटका निर्देशक वाङ शङ ली लगायत तीन सय जना अतिथि उक्त कार्यक्रममा सहभागी भएका छन्।

नेपालको चीन सँस्कृति केन्द्रका प्रमुख यिन खुन सुङले उक्त कार्यक्रमको उदघाटन समारोहको अध्यक्षता गर्नुभयो। उहाँले हालैका वर्षहरूयता नानचिङ र नेपालको साँस्कृतिक आदान-प्रदान प्रशस्त भएको, नान चिङको कृषिचित्र प्रदर्शनी, हस्तलिपि प्रदर्शनी, "नानचिङ सँस्कृति दिवस"आदि विविध कार्यक्रमहरूले नानचिङ र नेपालको साँस्कृतिक आदान-प्रदान देखाएको कुरा बताउनुभयो।

नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत याङ श छाउले यस पटकको कार्यक्रम नेपालीहरूका लागि चीनको क्षेत्रीय सँस्कृतिबारे जानकारी लिनका लागि एक झ्याल बन्नसक्ने बताउँदै यसबाट दुई मुलुकका जनताबीच पारस्परिक समझदारी र मित्रतालाई सबल पार्नसक्ने तथा चीन-नेपाल सम्बन्ध विकासका लागि योगदान गर्नसक्ने आशा व्यक्त गर्नुभयो।

त्यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले नेपालको चीन सँस्कृति केन्द्रद्वारा आयोजना गरिएको विभिन्न साँस्कृतिक आदान-प्रदान कार्यक्रम नेपाली सर्वसाधारणहरूमा निकै लोकप्रिय भएको कुरा व्यक्त गर्नुका साथै नेपालको चीन सँस्कृति केन्द्रले अझै धेरै आदान-प्रदान कार्यक्रमको आयोजना गर्ने र दुई मुलुकको मित्रताका लागि योगदान गर्ने आशा व्यक्त गर्नुभयो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु