फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"इन्द्रेणी" अमेरिकामा "टेराकोटा सिपाही" प्रदर्शनी

(GMT+08:00) 2018-04-02 16:15:47

सन् 2017 को नोभेम्बर अठारदेखि सन् 2018 को मार्च एघार तारिखसम्म बिशाल छिन वंशकाल: "समाधिस्थलस्थित टेराकोटा सिपाही" प्रदर्शनी अमेरिकाको भर्जिनिया कला संग्रहालयमा आयोजना गरिएको थियो। त्यस संग्रहालयलाई अमेरिकाको सर्वोच्च मिलिजुली संग्रहालयमध्येको एक मानिन्छ। संग्रहालयका प्रमुख अलेक्स नार्गेसले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोलाई अन्तर्वार्ता दिँदै चिनियाँ सँस्कृतिबारे विस्तृत रुपमा जानकारी लिएपछि मात्र अमेरिकी सर्वसाधारणका लागि अझ सम्पूर्ण र निष्पक्ष रुपमा चीनबारे थाहा पाउन सघाउ पुग्ने कुरा औँल्याउनुभएको छ।

तत्स्थानमा प्रदर्शनी अवलोकन गरिरहेका एकजना दर्शक यसरी भन्छन्: अवश्य नै, यो प्रदर्शनीप्रति मेरो निकै चासो रहेको छ। समाधिस्थलस्थित टेराकोटा सिपाही मलाई साह्रै मन पर्छ। चीनको यात्रा गर्न म पनि इच्छुक छु। किनकि त्यहाँ मेरो निकै बढी रुचि छ। समाधिस्थलस्थित टेराकोटा सिपाही पछाडिको इतिहास र सँस्कृति एकदमै अनौठो र ज्ञानबर्द्धक रहेको मलाई लाग्छ।

उक्त प्रदर्शनीबाट हरेक दिन ठूलो संख्याका दर्शकहरूलाई आकर्षित गरिएको छ। ती दर्शकहरूमध्ये प्राथमिक र माध्यमिक विद्यालयका अमेरिकी विद्यार्थीहरू, अमेरिकी सर्वसाधारण बाहेक ह्विल चेयर चढेका वृद्ध-वृद्धा पनि समावेश छन्। दुई हजार वर्षभन्दा लामो समयसम्म संरक्षित गरिएका ती मूल्यवान साँस्कृतिक सम्पदाहरू देख्दा उनीहरूलाई एकदमै आश्चर्य लागेको छ।

भर्जिनिया कला संग्रहालयका प्रमुख नार्गेसका अनुसार, करिब पाँच महिना नपुगेको समयमा उक्त प्रदर्शनीबाट लगभग दुई लाख दर्शकलाई आकर्षित गरिएको छ। त्यो संख्या संग्रहालयको एक लाख तीस हजार भन्ने अनुमानभन्दा पनि बढी भएको देखिन्छ।

भर्जिनिया कला संग्रहालयका प्रमुख नार्गेसले धेरै अगाडीदेखि नै चिनियाँ संग्रहालय क्षेत्रसँगको आदान-प्रदान तथा सहकार्य थाल्नुभएको छ। उहाँ सन् 1994 मा पहिलो पल्ट चीन आइपुग्नुभएको थियो। त्यति बेला उहाँ खुन मिङ शहरमा बस्दा अग्ला भवनहरूको संख्या निकै कम थियो। तर हालआएर उहाँ पुन: खुन मिङ पुग्नुभयो। आफू बस्नुभएको पैंतालीस तलाको होटेलमा उभिएर चारैतिर हेर्दा अग्ला अग्ला भवनहरू गन्न सक्दैन। चीनको अर्थतन्त्र तीव्र गतिले विकसित भइरहेको सिलसिलामा चिनियाँ संग्रहालयहरू पनि विश्वको अग्र स्थानमा पुगेको देखिन्छ। उहाँ यसरी भन्नुहुन्छ:

म चीनको नान चिङ संग्रहालय पुगेँ। त्यहाँ थप निर्माण पनि गरिएको छ। पहिलेको संग्रहालयको आधारमा त्यहाँ हाम्रो सम्पूर्ण भर्जिनिया संग्रहालयभन्दा अझ ठूलो नयाँ हलको पनि निर्माण गरिएको देखिन्छ। देख्दा मलाई साह्रै आश्चर्य लागेको छ। चिनियाँ राष्ट्रिय संग्रहालय वर्तमान विश्वमा रहेको सबैभन्दा ठूलो कला संग्रहालय मानिन्छ भने कु कोङ दरबार संग्रहालयलाई हाम्रो पृथ्वीमा रहेको सबैभन्दा स्वागत गरिएको संग्रहालय पनि मानिएको छ। मेरो विचारमा एकाइसौं शताद्वीको कला संग्रहालय सूचिमा चीन अवश्य नै अग्र स्थानमा रहिरहेको छ।

नार्गेसका अनुसार, भर्जिनिया कला संग्रहालय तथा चीनको कु कोङ दरबार संग्रहालय बीच सात वर्षसम्म चल्ने सहकार्य सम्झौता सम्पन्न भएको छ। उहाँले जानकारी दिँदै भन्नुभयो:

हामीले चीनका तीनवटा संस्थासित स्मृत्ति-पत्रमा हस्ताक्षर गरेका छौँ। यसका अतिरिक्त हामीले अमेरिकी संग्रहालय क्षेत्रका अरु साझेदारीहरूसँगै मिलेर अन्य परियोजनाको अनुसन्धान गरिरहेका छौँ। हाम्रो लागि त्यो नयाँ प्रगति र चुनौती हुनेछ।

जानकारी तथा लेखहरु