फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चीनको अल्पसंख्यक जाति#अल्पसंख्यक जातीय साहित्य तथा कलाको थप विकास तथा तालिम दिने सीपिपिसीका तिब्बती सदस्यको प्रस्ताव-1

(GMT+08:00) 2018-04-03 14:46:12

हार्दिकता राखिरहनुपर्छ। जन्मथलोका जनताले मलाई हुर्काएका छन्। त्यसैले मेरो गायनको आधारमा जन्मथलोलाई फिर्ता दिन चाहन्छु। म मेरो गायनमार्फत कथा सुनाउँछु, मेरो गायनमार्फत सीमा क्षेत्रका अल्पसंख्यक जातिलाई प्रोत्साहन गर्छु। हामी अझै राम्रो हुनु आवश्यक छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा हामी पक्कै राम्रो हुनेछौँ।

पहिला उहाँ हिमाली पहाड हुँदै सात दिन पैदल हिँडेर जिल्ला पुग्नु हुन्थ्यो। उहाँले आफ्नो सुमधूर स्वरबाट तिब्बतीहरुको देशप्रेम भावना गाउनुभएको छ। उहाँ सातौँ, आठौँ, नवौँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि हुनुहुन्थ्यो साथै दशौँ तथा एघारौं राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनको सदस्य रहनु भएको र हाल पुनः परामर्शदात्री सम्मेलनको सदस्य हुनुहुन्छ। प्रतिनिधि र सदस्य बनेपछि काँधमा जिम्मा थपेकाले अझ राम्रोसँग कर्तव्यको कार्यान्वयन गर्नुपर्ने उहाँको विचार छ। अल्पसंख्यक जातिको उत्कृष्ठ संस्कृतिको अझै राम्रोसँग विकास तथा नयाँ पुस्तामा हस्तान्तरण हुनसक्ने उहाँको आशा छ। उहाँ चर्चित गायिका एवम राष्ट्रिय प्रथम स्तरीय अभिनेत्री चुङयुङचोमा हुनुहुन्छ।

गत शताब्दीको सत्तरीऔँ दशकको अन्तमा चुङयुङचोमा शाङ हाइ संगीत संरक्षण गृह तथा पाठशालामा भर्ना हुनुभएको थियो। सन् 1983 मा उत्कृष्ठ नतिजासहित उहाँले स्नातक उत्तीर्ण गर्नुभइ आफ्नो जन्मथलो युननान प्रान्तीय सदन र नृत्य समूहमा कार्यरत् हुन थाल्नुभयो। दशौँ वर्षयता उहाँको गायन हिमाली पठारबाट विश्वसम्म फैलिएको छ। उहाँलाई वर्तमान तिब्बती जातिको स्वर्ण स्वरको रुपमा लिइन्छ।

यस वर्ष राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यमा फेरि नियुक्त भएको चुङयुङचोमाले अल्पसंख्यक जातीय सांस्कृतिक तथा कलात्मक दक्षतालाई प्रबर्द्धन गर्नुपर्ने तथा नयाँ पुस्तामा तालिमका कार्यक्रम बढाउनुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। उहाँले जानकारी दिनुहुन्छ

पार्टीको सुविधायुक्त नीति र सबैबाट प्रशिक्षण नपाएको भए आज जनतालाई मनपर्ने गायिका बन्न सक्दिनथें। म धेरै पटक धेरै अल्पसंख्यक जातीय गाउँहरू पुगेको छु। राम्रोसँग गाउने र आफ्नो जातिमाथि गहिरो भावना राख्ने बच्चाहरू निकै धेरै भेटेको छु। त्यसैले मैले सोचेँ कि यदि म जस्तै यिनीहरूले पनि यति धेरै मौका र मञ्च पाएमा कति राम्रो हुनेछ।

चुङयुङचोमाको विचारमा भव्य प्रकाश र मञ्चमा उत्साहित हुनु स्वभाविकै हो तर आधारभूत तहमा सर्वसाधारणसमक्ष प्रदर्शनी गरेर फरक हृदयस्पर्श गर्नसकिन्छ। सर्वसाधारणका आँखामा माया देख्दा चुङयुङचोमाले आफूलाई सचेत बनाउनु हुन्छ कि सधैँ नै जनतालाई सेवा गर्नुपर्छ भन्ने भावना जगाउनु हुन्छ। जनतालाई केन्द्रमा राख्नु नै प्रधानमन्त्रीको सरकारी कार्य प्रतिवेदन सुनेपछि उहाँलाई सबैभन्दा छोएको विषय बनेको छ। उहाँ भन्नुहुन्छ

मलाई निकै राम्रो लागेको के हो भने यस सरकारी कार्य प्रतिवेदनका सबै कुरा जनतामा केन्द्रित भएर गरिएको छ। तीमध्ये "जनता र सर्वसाधारणको लाभ अनुभव, सुखानुभुति, सुरक्षा अनुभवलाई बढाइरहने"बाट निकै गहिरो विश्वास दिइएको छ। यो नै जनताले सबैभन्दा बढी अपेक्षा गरेको हो साथै जनताको हार्दिक इच्छा पनि यही नै हो। त्यसैले यस पटकको सरकारी कार्य प्रतिवेदनबाट म निकै हर्षित छु। त्यसको उच्च दृष्टिकोण छ साथै सर्वसाधारणको वास्तविक चाहनासँग पनि धेरै मिल्छ।

जानकारी तथा लेखहरु